• आइतबार, ८ कात्तिक २०८३
  • images

    चिकित्सा शिक्षा प्रवेश परीक्षा कात्तिक १४ देखि हुने

    चिकित्सा शिक्षा प्रवेश परीक्षा कात्तिक १४ देखि हुने

    आइतबार, कात्तिक ८ २०८३
    आइतबार, कात्तिक ८ २०८३
    चिकित्सा शिक्षा प्रवेश परीक्षा कात्तिक १४ देखि  हुने

    काठमाडौं, ८ कात्तिक । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा तालिका सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको तालिकाअनुसार प्रवेश परीक्षा कात्तिक १४ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछन् ।

    तालिकाअनुसार पहिलो दिन कात्तिक १४ गते चिकित्साशास्त्र स्नातक तह (एमबीबीएस) को प्रवेश परीक्षा हुनेछ । त्यसैगरी, कात्तिक १५ गते दन्त चिकित्सा (बीडीएस) को परीक्षा सञ्चालन हुनेछ ।

    images

    कात्तिक १६ गते बीएस्सी नर्सिङ, बीएएसएलपी र बी. परफ्युजन टेक्नोलोजीका प्रवेश परीक्षा हुनेछन् ।

    यसैगरी, कात्तिक १७ गते बीएएमएस, बीएनएस, बीएस्सी एमएलटी, बीएस्सी एमआईटी, बी.फार्मेसी, अप्टोमेट्री र बीपीटी कार्यक्रमका प्रवेश परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ ।

    कात्तिक १८ गते जनस्वास्थ्य (बीपीएच) कार्यक्रमको प्रवेश परीक्षा हुनेछ ।

    आयोगका अनुसार सबै कार्यक्रमका प्रवेश परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछन् ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार