काठमाडौं, ३ फागुन । पोखरा पर्यटन वर्षको उद्घाटनका क्रममा बेलुनमा लागेको आगोमा परी घाइते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले भेट्नुभएको छ ।
कीर्तिपुर अस्पतालमा दुवैको उपचार भैरहेको छ । मन्त्री पौडेलले चिकित्सकहरुबाट राम्रोसँग उपचार भइरहेको पाएको र कुनै कर्मी नल्याउनका लागि अनुरोध गरेको बताउनुभयो । मन्त्री पौडेलले जलनपीडित जोकोहीको उपचार प्रभावकारी बनाउने कार्यमा आफूहरु प्रतिबद्ध रहेको भन्दै त्यसकैका लागि उपचार सेवा विस्तार र सेवा सुधार दुवै सँगै अघि बढाइरहेको बताउनुभयो । 'जलनको उपचार सकेसम्म चाँडो बनाउने वातावरण तयार पार्न हामी लागि रहेका छौं, 'पौडेलले भन्नुभयो, 'सुधारका कामले नतिजा दिन थालिसकेका छन् ।'
त्यसक्रममा उहाँले अरु बिरामीहरुको उपचार अवस्था र अस्पतालको सेवाबारे समेत जानकारी लिनुभयो ।
वीर अस्पताल अन्र्तगत ट्रमा सेन्टरमा समेत जलनका बिरामीका लागि बेग्लै वार्ड राखेर उपचार भैरहेको छ । वीर अस्पताल वार्डको मन्त्री पौडेलले शुरुवात गरेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रादेशिक अस्पतालहरुमा समेत यो सेवा विस्तार गर्ने गरी काम अघि बढाइरहेको छ ।