सुर्खेत । बेवारिसे बम विस्फोट हुँदा दुई जना व्यक्ति घाइते भएका छन् ।
जिल्ल प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर ७ मा रहेको कट्कुवा सामुदायिक बनमा बम विस्फोट हुँदा दुई जना घाइते भएको जानकारी दिएको छ ।
बिहान पौने ११ बजे बम विस्फोट भएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी कार्यालय सुर्खेतले बम विस्फोट हुँदा दैलेखको गुराँस गाउँपालिका ६ का २१ वर्षिया लीला नेपाली र १४ बर्षिय नरेश परियार घाइते भएको जानकारी दिएको छ । सुर्खेत प्रहरी प्रवक्ता रामप्रसाद घर्तिले घाँस दाउरा काट्न गएको समयमा बम विस्फोट हुँदा दुवैजना घाइते भएको बताउनुभयो ।
घाइतेहरुको स्थानीय देउती अस्पतालमा उपचार भइरहेको छ ।