• सोमबार, १५ भदौ २०८३
  • images

    वर्न सोसाइटीको २३ औं साधरणसभा सम्पन्न, जलेका बिरामीका लागि छुट्टै अस्पताल खोल्न पहल गर्ने  

    वर्न सोसाइटीको २३ औं साधरणसभा सम्पन्न, जलेका बिरामीका लागि छुट्टै अस्पताल खोल्न पहल गर्ने  

    अध्यक्ष,उपाध्यक्ष र महासचिवमा क्रमशःलोहनी, चौधरी र थापा चयन

    हेल्दीखबर
    शनिबार, साउन १६ २०७८
    हेल्दीखबर
    शनिबार, साउन १६ २०७८
    वर्न सोसाइटीको २३ औं साधरणसभा सम्पन्न, जलेका बिरामीका लागि छुट्टै अस्पताल खोल्न पहल गर्ने   

     

    कठमाडौं । नेपाल अग्नी जलन समाज (नेपाल वर्न सोसाईटी)को २३ औं वार्षिक साधरणसभा सम्पन्न भएको छ । सोसाइटीको साधरणसभाबाट नौ सदस्यीय नयाँ कार्यसमिति समेत चयन भएको छ ।

         सोसाईटीको साधरणसभाबाट अध्यक्षमा शिक्षण अस्पतालमा कार्यरत प्राडा.इश्वर लोहनी चयन हुनुभएको छ । यस्तै उपाध्यक्षमा प्राडा. रामानन्दन प्रंसाद चौधरी (आरपी चौधरी) चयन हुनुभएको छ ।  प्राडा चोधरी इशान महिला तथा बाल अस्पतालमा कार्यरत हुनुहुन्छ । यसैगरी सोसाइटीको सचिवमा कान्ति अस्पतालमा कार्यरत विजय थापा चयन हुनुभएको छ । सहसचिवमा सन्देशप्रकाश मास्केलाई चयन गरिएको छ । उहाँ काठमाडौं मेडिकल कलेजमा कार्यरत हुनुहुन्छ । यस्तै कोषाध्यक्षमा डा. रमना राजकर्णिकार चयन हुनुभएको छ । उहाँ कान्ति बाल अस्पतालमा कार्यरत हुनुहुन्छ । सहकोषाध्यक्षमा सञ्जिव त्रिपाठी चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा डा. शान्ता सापकोटा वीर अस्पताल, गौरी कार्की र रोषन डंगोल चयन गरिएको छ ।

    burn society.jpg

    नवनिर्वाचित उपाध्यक्ष प्राडा. आरपी चौधरीले दिनुभएको जानकारी अनुसार सस्थाले जलेका बिरामीहरुका लागि नेपालमा छुट्टै अस्पताल नभएकोले सरकारलाई जलेका बिरामीहरुका लागि छुट्टै अस्पताल खोल्न दबाब दिने निर्णय भएको छ । यस्तै विभिन्न कारणले जलेकाहरुका लागि चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, जलेका बिरामीहरुका लागि नीतिगत रुपमा काम गर्ने लगायतको निर्णय भएको छ ।  

    burn.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार