• सोमबार, १५ भदौ २०८३
  • images

    आजदेखि एचपीभी खोप अभियान सुरु 

    आजदेखि एचपीभी खोप अभियान सुरु 

    प्रधानमन्त्री ओलीबाट उद्घाटन हुने

    मंगलबार, माघ २२ २०८१
    मंगलबार, माघ २२ २०८१
    आजदेखि एचपीभी खोप अभियान सुरु 
    फाइल तस्वीर

    काठमाडौँ, २२ माघ । सरकारले मङ्गलबार (आजदेखि)  एचपीभी खोप अभियान सञ्चालन गर्दैछ । 
    एचपीभी खोप अभियानको उद्धघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । बालुवाटारस्थित शिवपुरी माध्यामिक विद्यालयमा गई प्रधानमन्त्री ओलीले एचपीभी खोपको उद्धघाटन गर्ने कार्यक्रम रहेको छ । डा. गौतमले नेपाल सरकारले पाठेघरको मुखका १० देखि १४ वर्षसम्मका किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन सरकारले एचपीभी खोप अभियान सुरु भएको हो ।  
    स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमले कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई समेट्ने जानकारी दिए । उनले े १९ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थामा अभियान सञ्चालन गरिने बताए । 
    े क्यान्सरविरुद्ध सञ्चालन गर्न लागेको सबैभन्दा ठूलो अभियान रहेको जानकारी दिए । 
     यसअघि सात संघीय अस्पतालमा नमूना कार्यक्रमको रूपमा करिब १० हजार किशोरीलाई खोप दिइएको थियो। उहाँले एचपीभी खोप सबै स्थानीय तहमा पु¥याइसकेको र स्वास्थ्यकर्मीलाई पनि पूर्ण तालिम दिइसकिएको बताए । उनले सरकारले १० देखी १४ वर्षसम्मका किशोरीहरुलाई दिन लागेको सिकोलिन नामक उक्त खोपले नेपालमा बढी मात्रामा देखिएको पाठेघरको मुखको क्यान्सरका १६ देखी १८ प्रजातीलाई रोकथाम गर्न सक्ने बताए ।  
    सरकारले पाठेघरको मुखको क्यान्सरलाई प्राथमिक रुपमा रोकथाम गर्न उक्त एचपीभी खोप अभियानका रुपमा सञ्चालन गर्न लागेको हो। गौतमले ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन (गाभी) को सहयोगमा १० देखि १४ वर्षसम्मका किशोरीलाई उक्त खोप निःशुल्क लगाइने बताए । खोप अभियान फागुन ५ गतेसम्म सञ्चालन हुनेछ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार