• सोमबार, १५ भदौ २०८३
  • images

    भोलीदेखि एचपीभी खोप अभियान सञ्चालन हुँदै

    भोलीदेखि एचपीभी खोप अभियान सञ्चालन हुँदै

    सोमबार, माघ २१ २०८१
    सोमबार, माघ २१ २०८१
    भोलीदेखि एचपीभी खोप अभियान सञ्चालन हुँदै


     काठमाडौं, २१ माघ । सरकारले मंगलबारदेखि पाठेघरको मुखको क्यान्सर रोकथामका लागि किशोरी लक्षित एचपीभी खोप अभियान सञ्चालन गर्दैछ। 
    आगामी फागुन ५ गतेसम्म अभियान सञ्चालन हुनेछ । 
    परिवार कल्याण मशाशााखा खोप शाखा प्रमुख डा.अभियान गौतमले कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई समेट्ने बताए । उनले १९ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थामा अभियान सञ्चालन गरिने जानकारी दिए। 


    यो नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध सञ्चालन गर्न लागेको सबैभन्दा ठूलो अभियान हो। यसअघि सात संघीय अस्पतालमा नमूना कार्यक्रमको रूपमा करिब १० हजार किशोरीलाई खोप दिइएको थियो। एचपीभी खोप सबै स्थानीय तहमा पुर्‍याइसकेको र स्वास्थ्यकर्मीलाई पनि पूर्ण तालिम दिइसकिएको डा गौतम बताउँछन्। 


    चिकित्सकहरुका अनुसार सरकारले १० देखी १४ वर्षसम्मका किशोरीहरुलाई दिन लागेको सिकोलिन नामक उक्त खोपले नेपालमा बढी मात्रामा देखिएको पाठेघरको मुखको क्यान्सरका १६ देखी १८ प्रजातीलाई रोकथाम गर्न सक्छ। 

    विश्वमा हरेक वर्ष ५ लाख ७० लाख महिलाहरुलाई पाठेघरको क्यान्सर हुने तथा उक्त संख्या सन् २०३० सम्ममा उक्त संख्या ७ लाख पुग्ने अनुमान गरिएको छ। तथ्यांक अनुसार तीमध्ये  ३ लाख ११ हजार महिलाको मृत्यु हुने गरेको छ। 

    सरकारले पाठेघरको मुखको क्यान्सरलाई प्राथमिक रुपमा रोकथाम गर्न उक्त एचपीभी खोप अभियानका रुपमा सञ्चालन गर्न लागेको हो। राष्ट्रिय खोप सल्लाहकार समितीको २०८१ असोज २३ को सिफारिस तथा स्वास्थ्य मन्त्रालयको २०८१ कात्तिक ८ गतेको निर्णयअनुसार खोप दिन लागिएको हो। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार