• सोमबार, १५ भदौ २०८३
  • images

    विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ७०.५६ प्रतिशत उत्तीर्ण

    विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ७०.५६ प्रतिशत उत्तीर्ण

    बिहीबार , मंसिर २० २०८१
    बिहीबार , मंसिर २० २०८१
    विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ७०.५६ प्रतिशत उत्तीर्ण

    काठमाडौँ, २० मंसिर । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परिक्षामा ७०.५६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् ।
    काउन्सिलले प्रकाशित गरेको नतिजा अनुसार यसपटकको विशेष परीक्षामा २४८ जना परिक्षार्थी सहभागि भएका थिए ।

    काउन्सिल रजिष्ट्रार डा सतिशकुमार देवले   परीक्षाका लागि २५० जनाले फारम भरेकामध्ये १७५ जना उत्तीर्ण भएको जानकारी दिए ।


    पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन् संस्थानमा विहान ११ बजे देखि १ बजेसम्म भएको परीक्षामा चिकित्सा शिक्षा तर्फको विभिन्न २८ विषयमा स्नातकोत्तर गरेका चिकित्सकहरु सहभागि थिए ।

    एक जनाको नतिजा वीथहेल्डमा राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार