• सोमबार, १५ भदौ २०८३
  • images

    दुई चिकित्सक र डेन्टल अस्पताल सञ्चालक सहित चार जना पक्राउ

    दुई चिकित्सक र डेन्टल अस्पताल सञ्चालक सहित चार जना पक्राउ

    हेल्दीखबर
    शनिबार, साउन १६ २०७८
    हेल्दीखबर
    शनिबार, साउन १६ २०७८
    दुई चिकित्सक र डेन्टल अस्पताल सञ्चालक सहित चार जना पक्राउ


    काठमाडौ । प्रहरीले चावहिलस्थित ओमकार डेन्टल प्रालिबाट  भारतीय चिकित्सकसहित चार जनालाई पक्राउ गरेको छ ।नेपाल मेडिकल काउन्सिलबाट दर्ता स्वीकृति नलिई प्राक्टिस गरेको आरोपमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)उनीहरुलाई पक्राउ गरेको हो । 

    शनिबार काउन्सिलको प्रतिनिधि सहित खटिएको सीआईबीको टोलीले एक जना भारतीय डेन्टल डाक्टर, उहाँलाई सघाउने नेपाली डेन्टल डाक्टर, रिसेप्सनिष्ट र अस्पताल सञ्चालकलाई पक्राउ गरेको हो ।

     ओमकार डेन्टलले काउन्सिलमा अस्थायी दर्ता समेत नगरी भारतीय डाक्टरलाई प्राक्टिस गराउने गरेको उजुरी परेको थियो । सोही उजुरीको आधारमा काउन्सिलले सीआईबीलाई अनुरोध गरेपछि टोलीले उनीहरुलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

    काउन्सिलको ऐनमा दर्ता विना प्राक्टिस गर्नेलाई ३ बर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । विदेशबाट आउने डाक्टरले पनि अस्थायी दर्ता नम्बर लिएर मात्रै नेपालमा प्राक्टिस गर्न पाउछ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार