• सोमबार, १५ भदौ २०८३
  • images

    एमबीबीएस एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)

    एमबीबीएस एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)

    शुक्रबार, भदौ १४ २०८१
    शुक्रबार, भदौ १४ २०८१
    एमबीबीएस एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)

    काठमाडौँ, १४ भदौ । चिकित्सा शिक्षा तर्फ स्नातक तह (एमबीबीएस) अध्ययनका लागि लिइएको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ ।  शुक्रबार विहान चिकित्सा शिक्षा आयोगले नतिजा सार्वजनिक गरेको हो।

    चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको मिति २०८१।०५।१४ गतेको संयुक्त बैठकको निर्णयवाट योग्यताक्रमअनुसार प्रकाशन गरिएको बताइएको छ ।


    परीक्षार्थीले आफ्नो प्रोफाइलमा समेत प्रकाशित नतिजा हेर्न सक्ने गरी व्यवस्था मिलाइएको बताइएको छ । न्यूनतम शैक्षिक योग्यता हासिल नगरेका तथा उत्तरपुस्तिकामा रोल नम्बर र प्रश्नपत्र सेटको बबल नभरेका वा बबल गलत भरेका उम्मेदवारका उत्तरपुस्तिकाहरू रद्द गरिएको छ ।

    शैक्षिक सत्र २०८१\ ०८२ मा चिकित्सा शिक्षा स्नातक तह भर्नाका लागि विद्यार्थी छनौट गर्न मिति २०८१ भदौ १ गते परीक्षा सञ्चालन गरिएको थियो। एकीकृत प्रवेश परीक्षामा सम्मिलित उम्मेदवारहरूमध्ये योग्यताक्रमका आधारमा भर्ना पाउनेछन्।

    हेरौँ नतिजाः 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार