• सोमबार, १५ भदौ २०८३
  • images

    विदेशमा अध्ययन गरि   नेपाल फर्किएका विद्यार्थीलाई स्वदेशमै इन्टर्नसिप पुरा गर्ने अवसर

    विदेशमा अध्ययन गरि   नेपाल फर्किएका विद्यार्थीलाई स्वदेशमै इन्टर्नसिप पुरा गर्ने अवसर

    हेल्दीखबर
    बुधबार, असार २३ २०७८
    हेल्दीखबर
    बुधबार, असार २३ २०७८
    विदेशमा अध्ययन गरि   नेपाल फर्किएका विद्यार्थीलाई स्वदेशमै इन्टर्नसिप पुरा गर्ने अवसर

    काठमाडौँ, २३ असार । चिकित्सा शिक्षा आयोगले विदेशमा अध्ययन गरि इन्टर्नसिप पूरा गर्न नपाएका  चिकित्सा विधाका विद्यार्थीलाई  स्वदेशमै इन्टर्नसिपको व्यवस्था गर्न लागेको  छ ।

    आजको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरि आयोगले इन्टर्नसिप शुरु भईसकेको अवस्थामा कोभिडको कारणले नेपाल फर्किएको र त्यसलाई पुरा गर्नका लागि पुन विदेश जान नसकेका विद्यार्थीलाई एक पटकका लागि मात्रै स्वदेशमै इन्टर्नसिप पुरा गर्ने व्यवस्था मिलाएको जानकारी दिएको ।

    गतवर्ष कोरोना महामारी सुरु भएपछि चीन, फिलिपिन्स, बंगलादेश लगायतका देशहरुबाट एमबीबीएस तथा बीडीएस अध्ययन पुरा गरी इन्टर्नसिप समेत सुरु गरेका सयौँ विद्यार्थी नेपाल फर्केका थिए । उनीहरुमध्ये धेरैले  इन्टर्नसिप पुरा गर्न पाएका थिएनन् । 
    आयोगले आज जारी गरेको सूचनामा विदेशमा चिकित्सा विधाको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको कोभिड १९ को जटिल परिस्थितिका कारण सम्वन्धित विश्वविद्यालयमा नै इन्टर्नसिपको अवधि पुरा गर्ने अवस्था नभई सन् २०२० को अप्रिल महिनाको अन्तसम्ममा अन्तिम परीक्षा उत्तीर्ण गरी इन्टर्नसिपको अवधि पुरा गर्न नपाएकाहरुलाई अन्तिम एक पटकका लागि नेपालमा नै बाँकी अवधि पुरा गर्ने व्यवस्था मिलाउने कार्यकारी समितिको १५ असार २०७८ को निर्णय भएको उल्लेख छ ।  aayog1.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार