• सोमबार, १५ भदौ २०८३
  • images

    मंकीपक्सबाट ५७० जनाको मृत्यु

    मंकीपक्सबाट ५७० जनाको मृत्यु

    मंगलबार, भदौ ४ २०८१
    मंगलबार, भदौ ४ २०८१
    मंकीपक्सबाट ५७० जनाको मृत्यु

    कंगो, ४ भदौ । मंकीपक्सका कारण कङ्गोमा ५७० जनाको मृत्यु भएको छ । 

    मंकीपक्स प्रकोपलाई महाद्वीपीय आपतकाल घोषणा गरिएको छ ।

    प्रजातान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्यमन्त्री रोजर कम्बाले देशमा १६ हजार सात सय जनामा सङ्क्रमण देखिएको बताए । 
     त्यसमध्ये ५७० जनाको मृत्यु भइसकेको छ । भाइरसबाट धेरै सङ्क्रमित हुनेमा युवाहरू छन् ।


    डिसेम्बर २०२२ मा कङ्गोले मंकीपक्सलाई राष्ट्रिय प्रकोप घोषणा गरेको थियो । यो रोगले १७ अफ्रिकी देशहरू र महाद्वीप बाहिरका अरू धेरैलाई असर गरेको छ । स्वास्थ्य मन्त्रीले सरकारको हस्तक्षेपले देशभित्र ठुलो मात्रामा फैलिनबाट रोक्न मद्दत गरेको बताए ।

    अफ्रिकी सङ्घको स्वास्थ्य एजेन्सीका अनुसार २०२४ मा रिपोर्ट गरिएको नयाँ मंकीपक्स मामिलाहरूको सङ्ख्या २०२३ को सोही अवधिको तुलनामा १६० प्रतिशतले वृद्धि भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार