• सोमबार, १५ भदौ २०८३
  • images

    विश्व स्वास्थ्य संगठनद्वारा मंकीपक्सलाई ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ घोषणा

    विश्व स्वास्थ्य संगठनद्वारा मंकीपक्सलाई ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ घोषणा

    हेल्दीखबर
    आइतबार, साउन ८ २०७९
    हेल्दीखबर
    आइतबार, साउन ८ २०७९
    विश्व स्वास्थ्य संगठनद्वारा मंकीपक्सलाई ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ घोषणा

      काठमाडौं। मंकीपक्सको प्रकोपलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। यो वर्गीकरण विश्व स्वास्थ्य संगठनले जारी गर्न सक्ने सबैभन्दा उच्च सतर्कता हो र विश्वभर मंकीपक्सको बिरामीको संख्या बढेपछि यस्तो निर्णय लिइएको हो।  

    मंकीपक्स प्रकोपलाई लिएर विश्व स्वास्थ्य संगठनको आपतकालीन समितिको दोस्रो बैठकको अन्तमा यो निर्णय लिइएको हो।  विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस्ले ७५ देशमा १६,००० भन्दा बढी केसहरू पहिचान भइसकेको र यसबाट हालसम्म पाँच जनाको मृत्यु भएको बताए। 

    वर्तमान अवस्थामा अन्य दुईवटा प्रकोपविरुद्ध स्वास्थ्य आपतकाल घोषणा गरिएको छ – ‘कोरोना भाइरस महामारी र पोलियो उन्मूलनको लागि भइरहेको निरन्तर प्रयास।’ डा।टेड्रोसले संगठनको आपतकालीन समिति सुरुमा मंकीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकालको रूपमा वर्गीकृत गर्ने कि नगर्ने भन्नेमा सहमतिमा पुग्न नसकेको तर प्रकोपको द्रुत विस्तारका कारण यो अन्तर्राष्ट्रिय चासोको विषय भएको निर्णय गरेको बताए। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार