• सोमबार, १५ भदौ २०८३
  • images

    अब मंकीपक्सको नयाँ नाम ‘एमपक्स’

    अब मंकीपक्सको नयाँ नाम ‘एमपक्स’

    हेल्दीखबर
    मंगलबार, मंसिर १३ २०७९
    हेल्दीखबर
    मंगलबार, मंसिर १३ २०७९
    अब मंकीपक्सको नयाँ नाम ‘एमपक्स’


    काठमाडौ, १३ मंसिर । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंकिपक्सको लागि नयाँ नाम सिफारिस गरेको छ। विशेषज्ञहरु संगको परामर्शपछि डब्लुएचओले नयाँ शब्द (एमपक्स) सिफारिस गरेको हो ।
    एमपक्स लाई मंकिपक्सको पर्यायवाचीको रूपमा प्रयोग गर्न सुरु गर्ने भएको हो। 

    मन्कीपक्स प्रकोपको विस्तार भएपछि केही समुदायहरूमा जातीय र कलंकित भाषाको रुपमा यसलाई लिईएको थियो। धेरै सार्वजनिक बैठकहरूमा धेरै व्यक्ति र देशहरूले यस नामको विषयमा चिन्ता व्यक्त गरेपछि डब्लुएचओलाई नाम परिवर्तन गर्ने प्रस्ताव गरिएको थियो।

    नयाँ र असाधारण रूपमा अवस्थित रोगहरूको नामहरू तोक्ने काम डब्लुएचओ अन्तर्गतको आईसीडीले गर्छ।
    डब्ल्यूएचओको आईसीडी अपडेट प्रक्रिया अनुसार नयाँ नामहरूको लागि सुझाव पेश गर्न आमन्त्रित गरिएका विज्ञहरूको दायरा, साथै देशहरू र जनताबाट विचारहरू सङ्कलन गर्न परामर्श गरिएको थियो।

    यी परामर्शहरूको आधारमा र डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसससँग थप छलफलको आधारमा डब्ल्यूएचओले यो नाम सिफारिस गरेको हो।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार