• सोमबार, १५ भदौ २०८३
  • images

    तीस जनामा हैजा  पुष्टि, १९ जना ललितपुरका

    तीस जनामा हैजा  पुष्टि, १९ जना ललितपुरका

    मंगलबार, साउन २२ २०८१
    मंगलबार, साउन २२ २०८१
    तीस जनामा हैजा  पुष्टि, १९ जना ललितपुरका

    काठमाडौँ, २१ साउन । देशभर ३० जनामा हैजा संक्रमण पुष्टि भएको छ ।

     इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले दुई हप्ता अघिदेखि फैलिएको हैजाले ३० जनालाई संक्रमण भएको जानकारी दिए ।
    हैजा पाँच  जिल्लामा ३० जनामा पुष्टि भएको हो ।

    सबैभन्दा बढी ललितपुरमा १९ जनामा हैजा संक्रमण पुष्टि भएको छ । कैलालीमा ८ जना, प्युठानमा २ जना र काठमाडौँमा १ जनामा हैजा संक्रमण पुष्टि भएको हो।

    हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । यो रोग लागेमा पातलो चौलानी पानीजस्तो दिसा हुने, वाकवाकी लाग्ने, पिसाबको रंग पहेँलो हुने, चिडचिडापन हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुनेजस्ता लक्षणहरु देखिन्छन्।

    डा घिमिरेले हैजालगायत पानीजन्य रोगहरुबाट बच्न सरसफाइमा ध्यान दिन र पानी उमालेरमात्र पिउन  सुझाव दिए ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार