हैजा पुष्टि हुने संख्या १४ पुग्यो
काठमाडौँ, १३ साउन । काठमाडौँका तीनजना पुरुषमा हैजा देखिएको छ ।
जनस्वास्थ्य कार्यालय काठमाडौँका अनुसार कालिमाटी क्षेत्रका तीनजना पुरुषमा जीवाणु देखिएको हो ।
जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले कालिमाटी क्षत्रका ३ जनालाई हैजा देखिएको बताए ।
यसअघि ललितपुरमा ७ र कैलालीमा ३ जनामा हैजा देखिएको थियो ।
ऊनीरूलाई टेकु अस्पतालमा उपचारका लागी भर्ना गरिएको छ ।यस्तै ललितपुरका थप एक जनामा हैजा पुष्टि भएको छ । यसअघि हैजा पुष्टि भएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार गराइरहेका १६ वर्षीय कशोरकी आमालाई पनि हैजा पुष्टि भएको हो ।
ललितपुर महालक्ष्मी नगरपालिका लुभुकी ४५ वर्षीया महिला यही साउन ९ गते टेकु अस्पताल भर्ना भएकी थिइन् । आज आएको उनको कल्चरको रिपोर्टमा हैजा पुष्टि भएको अस्पतालका चिकित्सकले जानकारी दिएका हुन्
अब ललितपुरमा ८ जना , कैलालीमा ३ र काठमाडौंमा ३ गरि १४ जनालाई हैजा पुष्टि भएको छ ।