• सोमबार, १५ भदौ २०८३
  • images

    अवैध प्रभात पोलिक्लिनिक

    अवैध प्रभात पोलिक्लिनिक

    गैरचिकित्सकको उपचारले बिरामीको अवस्था जटिल

    बिहीबार , असार २७ २०८१
    बिहीबार , असार २७ २०८१
    अवैध प्रभात पोलिक्लिनिक

    जनकपुर २७ असार  । अवैधानिक प्रभात पोलिक्लिनिकमा जाँच गराउँदा एक बिरामीको अवस्था जटिल बनेको छ ।


    धनुषाको बटेश्वर गाउँपालिका–४ की ६८ वर्षीया गायत्रीदेवी महतोले अवैधानिक पोलिक्लिनिकमा उपचार गराउदा उनको स्वास्थ्य  अवस्था गम्भीर बनेको हो ।
     ऊनी  दुई महिनादेखि आफैं उठबस, हिँडडुल र खाना खान सक्दिनन् ।

     उच्च रक्तचाप र मधुमेहका बिरामी गायत्री वैशाख दोस्रो सातासम्म सामान्य नै थिइन् ।


     बिरामी भएपछि गत ११ वैशाखमा गायत्रीलाई धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सखुवा महेन्द्रनगरस्थित प्रभात पोलिक्लिनिकमा उपचारका लागि लगिएको थियो ।


    पोलिक्लिनिक सञ्चालक रामबाबु महतोले गायत्रीका श्रीमान रामहृदयसँग एक हप्तामा ठीक हुने बताएका थिए । रोजगारीका क्रममा बुटवलमा रहेका छोरा वसन्तले टेलिफोनबाटै आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका थिए ।

    वसन्तले उपचारको नाममा फर्जी पोलिक्लिनिक खडा गरी मानव स्वास्थ्यसँग खेलबाड गरेको भन्दै प्रभात पोलिक्लिनिक र सञ्चालक रामबाबु महतोविरुद्ध गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय, क्षिरेश्वरनाथ नगरपालिका, मधेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, मेडिकल काउन्सिल लगायतमा उजुरी गरेका छन् । उजुरी दिएको लामो समयसम्म ती निकायले पोलिक्लिनिकविरुद्ध कारबाही प्रक्रिया अघि नबढाएको वसन्तको गुनासो छ ।


    पोलिक्लिनिक सञ्चालक रामबाबुले भने बिरामीको उपचारमा लापरबाही नभएको दावी गरे । बिरामी घर जान नमानेपछि १५ दिन पोलिक्लिनिक भित्रै कोठा भाडामा दिएर राखेको तर्क गरे ।


    ‘उपचारमा खटिएका सञ्चालक रामबाबु आफैं ननमेडिकल सेक्टरको रहेको थाहा पाएँ । त्यति बेलासम्म आमाको अवस्था धेरै बिग्रिसकेको थियो । त्यहाँबाट जबर्जस्ती डिस्चार्ज गरेर काठमाडौं लगेँ’, वसन्त भन्छन् ।

    विरामीलाई यहि ठिक हुन्छ भन्दै अल्झाएर राख्ने र उपचारमा खेलाँची गर्ने गरेको घटना बाहिरिएपछि एक पीडित परिवार अहिले पोलिक्लिनिकका संचालक र उपचारमा संलग्न स्वास्थकर्मीलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जोहरी दिएका छन् ।
    धनुषाको बटेश्वर गाउँपालिका ४ निवासी बसन्त कुमार महतोले प्रभात पोलिक्लिनिकका संचालक रामबाबु महतोले उपचारको नाउँमा आफ्नो आमा गायत्री देवी (गतया देवी कोइरीन) लाई ज्यानै लिनेगरी मृत्युको मुखमा पुग्याएको आरोप लगाए ।

    दोब्बर खर्च लिएर मिल्न राजनीतिक दल र विभिन्न माध्यमबाट दबाब दिइरहेका छन् । तर म आमालाई पैसासँग साट्न सक्दिँन । आज लापरबाही गरेर नै मेरो आमा मृत्युको मुखमा पुग्नुभएको छ । फेरि पनि अरुमाथि यस्तो घटना नहोस् भन्ने भनेर नै कानुनी उपचार खोजेको हुँ’, वसन्त भन्छन् ।

    जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको जाहेरीमा पीडित महतोले अरु पनि दर्जनौ विरामीको साथ यस्तै खेंलाची गरेकाले तत्काल पोलिक्लिनिक शिल गरी संचालकलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १९ को दफा २३० बमोजिम कारवाही गर्न माग गरेको छ ।


    रामबाबुले ४ वर्षदेखि पोलिक्लिनिक दर्ता बिना नै सञ्चालन गरिरहेको स्वीकार गरे । नगरपालिकामा दर्ताको लागि चार वर्षदेखि दौडधुप गर्दा पनि दर्ता नगरिदिएको उनको गुनासो छ ।

    क्षिरेश्वरनाथ नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामबहादुर यादवले उक्त पोलिक्लिनिकको घटनाको बारेमा जानकारी आएको बताए ।

    मापदण्ड नपुगेकाले सो पोलिक्लिनिक दर्ता नगरेको पनि उनको भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार