• सोमबार, १५ भदौ २०८३
  • images

    जनकपुर अस्पतालमा सादा कागजमा लेखेर १ करोड ४१ लाख ३८ हजार भत्ता लिइयो

    जनकपुर अस्पतालमा सादा कागजमा लेखेर १ करोड ४१ लाख ३८ हजार भत्ता लिइयो

    सोमबार, भदौ ७ २०७८
    सोमबार, भदौ ७ २०७८
    जनकपुर अस्पतालमा सादा कागजमा लेखेर १ करोड ४१ लाख ३८ हजार भत्ता लिइयो


    काठमाडौं । प्रादेशिक अस्पताल, जनकपुरमा सादा कागजमा लेखेको भरमा दैनिक भ्रमण भत्ता, अन्य भत्ता र विद्युत प्राधिकरणको रकम भुक्तानी गरेको तथ्य फेला परेको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अस्पतालले सादा काजगमा कर्मचारीहरुको दैनिक भ्रमण भत्ता, अन्य भत्ता र विद्युत प्राधिकरणको भुक्तानी उल्लेख गरी १ करोड ४१ लाख ३८ हजार खर्च गरेको हो।
    सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ को नियम ८५ अनुसार २० लाख रुपैयाँसम्मको औषधि सोझै खरिद गर्न सकिने व्यवस्था रहेको छ। तर अस्पतालले विभिन्न फर्मबाट पटक–पटक २० लाख रुपैयाँभन्दा बढी १ करोड २४ लाखको विभिन्न औषधि एवं उपकरण खरिद गरेको छ। 
    आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ३६ (३) बमोजिम कुनै रकमको भुक्तानी दिँदा खर्चको बिल भर्पाइसहित लेखा राख्नुपर्ने हुन्छ। यस्का साथै सोही नियमावलीको नियम ३६ (८) बमोजिम रीत पुगे नपुगेको जाँच गरेर मात्र रकम भुक्तानी दिनुपर्ने हुन्छ। तर अस्पतालले उक्त नियमविपरित सादा कागजमा लेखेकै भरमा रकम खर्च गरिएको पाइएको हो।
    आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ३६(८) मा भुक्तानी पूर्व रीत पुगे नपुगेको चेकजाँच गरेर मात्र भुक्तानी दिनु पर्ने व्यवस्था छ। अस्पतालले क्यान्टिन भवन निर्माणका एक कन्स्ट्रक्सनलाई दोश्रो तथा अन्तिम बिलको २१ लाख ७१ हजार रुपैयाँ भुक्तानी गर्दा काम सम्पन्न गरेको भनी भुक्तानी गरेकोमा भवन निरीक्षण गर्दा पार्ट्रेसन र ढोका राख्ने काम गरेको देखिएन। नभएको कामको भुक्तानी गर्नेलाई कानुन बमोजिम कारवाही गरी ४ लाख ४ हजार असुल गर्न महालेखाले सुझाव दिएको छ।
    करार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ०७४ साल वैशाख २५ गतेको परिपत्र अनुसार करारको कर्मचारीहरुलाई एक महिनाको पारिश्रमिक वरावरको रकम, चाडपर्व खर्च र सालवसाली रुपमा चैत्र महिनामा निजामती कर्मचारी सरह पोशाक भत्ता बाहेक अन्य भत्ता भुक्तानी दिन नमिल्ने उल्लेख छ। 
    तर अस्पतालले समिति तर्फ करारमा कार्यरत ५२ कर्मचारीहरुलाई पारिश्रमिक भुक्तानी गर्दा परिपत्र अनुसार भुक्तानी दिन नमिल्ने मंहगी भत्ता १४ लाख ५७ हजार दिएको पाइएको छ। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार