• मंगलबार, ३ कात्तिक २०८३
  • images

    जनकपुरमा २०० शैयाको अत्याधुनिक क्यान्सर सेन्टर स्थापना हुने

    जनकपुरमा २०० शैयाको अत्याधुनिक क्यान्सर सेन्टर स्थापना हुने

    नवनिर्मित भवनको शिलान्यास सम्पन्न

    हेल्दीखबर
    शनिबार, वैशाख ३ २०७९
    हेल्दीखबर
    शनिबार, वैशाख ३ २०७९
    जनकपुरमा २०० शैयाको अत्याधुनिक क्यान्सर सेन्टर स्थापना हुने


    जनकपुर । विनयतारा फाउन्डेशन क्यान्सर सेन्टरले २०० शैयाको अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको छ । जनकपुरधाममा निर्माण हुन लागेको क्यान्सर सेन्टरको शुक्रबार शिलान्यास समेत गरिएको छ । 
     विनयतारा फाउण्डेसन (अमेरिका) सँगको सहकार्यमा विनयतारा फाउण्डेशन क्यान्सर सेन्टरले अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको हो । 

    May be an image of 2 people, people standing and flower
    फाउन्डेशनका अध्यक्ष डा. विनय शाहले क्यान्सर अस्पताल भवनको शिलान्यास गर्ने तयारी गरिएको जानकारी दिनुभयो । 

    images

    उहाँले अस्पताल भवन निर्माणका लागि स्थानीय समर्थक तथा समाजसेवी विनोद ठाकुरले केही जग्गा दान गर्नुभएको छ । 
    फाउण्डेशनले प्रतिवर्ष २५ हजार बिरामीलाई सेवा दिने लक्ष्य राखेको छ। हाल फाउण्डेशनको २५ शैयाको अस्पताल सञ्चालनमा रहेको छ। जनकपुरधामको कपिलेश्वर सडकमा भाडाको भवनमा रहेको सो अस्पतालका सेवामा मेडिकल टेक्नोलोजी, सर्जिकल, टाउको र घाँटीको क्यान्सर सर्जरी, प्रयोगशाला, फार्मेसी, आपत्कालीन कोठा, रेडियोलोजी, हिस्टोप्याथोलोजी, आइसियु र एनेस्थेसियोलोजी समावेश छन्।

    May be an image of 11 people and people standing

    डा. शाहले यो दक्षिण एशियाकै आधुनिक क्यान्सर सेन्टरकारुपमा स्थापित हुने बताउनुभयो । 
    हामी क्यान्सरको उपचारमा २१औँ शताब्दीको अत्याधुनिक टेक्नोलोजीे प्रयोग गर्नेछौँ’, डा शाहले भन्नुभयो,“अस्पतालमा डाक्टर र अनुसन्धानकर्ताले उच्च गुणस्तरको क्यान्सर उपचार प्रदान गर्नुहुनेछ ।”

    May be an image of one or more people, people standing and crowd
    विनयतारा क्यान्सर ट्रष्ट (बीसीटी) का अध्यक्ष डा. योगेन्द्रप्रसाद सिंहले जनकपुरमा स्तरीय क्यान्सर सेन्टर खोल्नाले यस क्षेत्रका मानिसको स्वास्थ्य उपचारमा मात्र मद्दत गर्ने बताउनुभयो । उहाँले आर्थिक, सामाजिक गुणस्तरीय स्वास्थ्य सेवा पाउने दाबी गर्नुभयो । 

    May be an image of 6 people and outdoors
    विनयतारा क्यान्सर ट्रष्ट एड्भाइजरी कमिटीका अध्यक्ष, छालारोग विशेषज्ञ, डा अनिलकुमार झाले मधेस र छिमेकी देश भारतको सीमावर्ती क्षेत्रका क्यान्सर रोगीका लागि अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्नु रहेको बताउनुभयो । ट्रस्टले २०७५ साल मङ्सिरदेखि विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर सञ्चालनमा ल्याएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार