• सोमबार, १५ भदौ २०८३
  • images

    एक महिनासम्म वीर अस्पतालमा ब्रेन ट्युमरका बिरामीको नि:शुल्क शल्यक्रिया हुने

    एक महिनासम्म वीर अस्पतालमा ब्रेन ट्युमरका बिरामीको नि:शुल्क शल्यक्रिया हुने

    आइतबार, जेठ २७ २०८१
    आइतबार, जेठ २७ २०८१
    एक महिनासम्म वीर अस्पतालमा ब्रेन ट्युमरका बिरामीको नि:शुल्क शल्यक्रिया हुने

    काठमाडौं, २७ जेठ ।  वीर अस्पतालले एक महिनासम्म  ब्रेन ट्युमरका बिरामीको नि:शुल्क शल्यक्रिया सुरु गरेको छ ।

     अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसर पारेर आइतबारदेखि  ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको हो ।

    वीर अस्पतालमा नि:शुल्क शल्यक्रिया गर्दा शल्यक्रिया शुल्क पूर्ण रुपमा नि:शुल्क हुने छ। वीर अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया गर्दा कम्तीमा पनि २० हजार शल्यक्रिया शुल्क लाग्ने गर्दछ । यस बाहेक शैया शुल्क र बिरामीको लागि खान समेत नि:शुल्क पाइने छ। 
    अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्राडा राजीव झाले आजदेखि असार १६ गतेसम्म अस्पतालमा आउने ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया गरिने जानकारी दिए ।  निजि  अस्पतालमा शल्यक्रिया गर्दा तिन लाख सम्म पर्दछ । 
    शरीरका कोशिकाहरू असामान्य ढङ्गबाट बढ्दै गएको अवस्थामा ब्रेन ट्युमरको समस्या हुने उनले जानकारी दिए । ‘मानिसको उमेर बढ्दै जाँदा शरीरका अङ्गहरु कमजोर हुने क्रमसँगै ब्रेन ट्युमरको सम्भावना बढ्दै जान्छ । हेपाटाइटिस, एड्सजस्ता रोग लागेर कमजोर भएका व्यक्तिको लिम्फोमा ट्युमर हुने उच्च सम्भावना रहन्छ,’ उनले भने ।

    अस्पतालमा ब्रेन ट्यूमरको उपचारका लागि आउनु हुने बिरामीहरू लाई अप्रेशन शुल्कमा शत प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।' ब्रेन ट्युमर डे हरेक वर्ष जुन ८ का दिन मनाइन्छ। नेपालमा पनि वीर अस्पतालको प्रांगणमा प्रभातफेरीको आयोजना गरेर मनाइएको थियो।  

    ब्रेन ट्यूमरबाट प्रभावित भएका व्यक्तिहरू, तिनका परिवार र समाजमा यससँग सम्बन्धित कुराहरूको बारेमा अझ बढी जानकारी दिनका लागि उक्त कार्यक्रम गरिएको डा झाले बताए। 'चिकित्सा विज्ञानमा दिनानुदिन खोज, अनुसन्धान र प्रगतिहरू भइरहेका छन्, त्यसको बाबजुद पनि ब्रेन ट्युमरको निदान र उपचार जटिल र प्रायः चुनौतीपूर्ण नै रहन्छ,' डा झाले भने,  'ब्रेन ट्युमर सम्वन्धि अनुसन्धान बढाउन, बिरामीहरूको उपचारमा सुधार गर्न, प्रभावित व्यक्तिहरूलाई साथ र समर्थन गर्नका लागि ति नियम निमार्ण गर्ने तहमा यस सम्बन्धि कुरा उठाउन पनि यस सम्बन्धि जानकारी सबैमा दिनु आवश्यक छ।'


    ब्रेन ट्यूमर सम्वन्धि लक्षणहरू, यसका जोखिमहरू समयमा पहिचान गर्ने र समयमै उपचारको पहल गर्ने हो भने रोगबाट पर्ने प्रभाव असर, यसबाट हुनजाने शारीरिक र मानसिक दुर्बलतालाई कम गर्न सकिने झाले बताए।


    ब्रेन ट्युमर हुनुको अर्को कारण खराब विकिरण पनि हो । एक्स-रे, सिटीस्क्यान गराउँदा निस्कने विकिरण हानिकारक मानिन्छ । ब्रेन ट्युमरको उपचारमा धेरै प्रयोग हुने प्रविधि भनेको ‘एसआरएस’ अर्थात् ट्याक्सी रेडियो सर्जरीलाई लिने गरिन्छ । यसले कतिपय ब्रेन ट्युमरलाई शल्यक्रिया नगरी सुकाइदिन्छ तर उच्च डोजको विकिरण हुने भएकाले शरीरका अन्य भागमा प्रत्यक्ष असर गर्दछ र पछि क्यान्सरको जोखिम बढाउने चिकित्सकहरू बताउँछन् ।


    अस्पतालमा दैनिक ६ देखि आठ जना ब्रेन ट्युमरका बिरामी उपचारका लागि आउने गरेका छन् । झाका अनुसार मुलुकभरि प्रत्येक दिन ब्रेन ट्युमरका सय जना बिरामी अस्पताल आउने गरेका छन् ।

    ब्रेन ट्युमरसम्बन्धी लक्षण, यसको जोखिम समयमा पहिचान गर्ने र उपचार गर्ने हो भने यो रोगबाट पार्ने असर, ब्रेन ट्युमरबाट हुन जाने शारीरिक र मानसिक दुर्बलतालाई कम गर्न सकिने उनको भनाइ छ । नेपालमा सबैभन्दा पहिलो ब्रेन ट्युमरको शल्यक्रिया पनि वीर अस्पतालमा गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार