• सोमबार, १५ भदौ २०८३
  • images

    यी हुन् सगरमाथा अस्पतालमा काम गर्ने तीनजना नक्कली डाक्टर 

    यी हुन् सगरमाथा अस्पतालमा काम गर्ने तीनजना नक्कली डाक्टर 

    प्रहरीद्धारा पक्राउ

    सोमबार, फागुन १४ २०८०
    सोमबार, फागुन १४ २०८०
    यी हुन् सगरमाथा अस्पतालमा काम गर्ने तीनजना नक्कली डाक्टर 

    रौतहट, १४ फागुन । पछिल्लो समय नक्कली डाक्टरको विगविगी बढेको छ । 

    यसअघि त्रिवि शिक्षण अस्पतालमा नक्कली डाक्टर भेटिएकोमा पछिल्लो समय रौतहटको गौरस्थित एक निजी अस्पतालबाट तीनजना नक्कली डाक्टर पक्राउ परेका छन् ।  यमुनामाई गाउपालिका १ सुकदेव चौकमास्थित सगरमाथा तराई हस्पिटल प्रालिमा कार्यरत ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य जिल्ला पूर्वी चम्पारण थाना ढाका  १४ खैरवा बस्ने ४५ को हसिंन अख्तर, भारत बिहार राज्य जिल्ला पूर्वी चम्पारण थाना सिकारगंज ३ वटोआ बस्ने २७ को मो. तबरेज आलम  र यमुनामाई २ भेडियाहीटोल बस्ने २७ को कलाम मन्सुरी रहेको प्रहरीले जनाएको छ ।

    निर्धारित शैक्षिक योग्यता प्राप्त नगरेका र उपचार गर्ने अनुमतिपत्र प्राप्त नगरेका व्यक्तिहरूलाई राखी बिरामीहरूको एपेन्डिस, पायल्स, युटेरस लगायतका अपरेसन हुँदै आएको  सूचनाको आधारमा ती नक्कली डाक्टर पक्राउ परेको  रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिएका छन् ।  

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार