• सोमबार, ९ कात्तिक २०८३
  • images

    अमेरिकामा नेपाली नर्स इनुको निधन 

    अमेरिकामा नेपाली नर्स इनुको निधन 

    बिहीबार , फागुन १० २०८०
    बिहीबार , फागुन १० २०८०
    अमेरिकामा नेपाली नर्स इनुको निधन 

    काठमाडौँ,१० फागुन । अमेरिकामा नेपाली नर्स इनु योल्माको निधन भएको छ । 
    झण्डै ६ महिना अगाडि अमेरिका आएकी २७ बर्षीया नेपाली नर्स इनुको न्युयोर्कको म्यानहटनमा रहेको माउन्ट साइनाई अस्पतालमा निधन भएको हो । 
    अमेरिकाबाट प्रकाशित नेपाली अनलाईन खासोखास डटकमका अनुसार एनआरएनए न्युयोर्क च्याप्टर अध्यक्ष हेमन्त मल्लले उनको निधनबारे पुष्टि गरेका हुन् । 

    ईलाम नाम्सालिङकी  इनु योल्मो क्यान्सरले सिकिस्त भएपछि माउन्ट साइनाई अस्पतालमा आईसीयुमा राखिएको थियो । जुलाईको दोश्रो साता अमेरिका आएकी थिइन् ।

    images

     

    रोजगारमा आधारित तेश्रो श्रेणीको ग्रिनकार्डमा अमेरिका आइसकेपछि उनी अमेरिकाको न्युयोर्कमा नर्सको रुपमा कार्यरत रहदै आएकी थिइन् । गत नोभेम्बरमा अत्यन्तै पेट दुखेपछि उनी अस्पतालमा चेकजाँचका लागि पुगेकी थिइन् । त्यसपछि उनलाई आन्द्राको क्यान्सर भएको पत्ता लागेको थियो । क्यान्सर शरीरको अन्य भागमा पनि फैलिसकेकाले उनलाई डाक्टरले बचाउन सकेनन् ।

    अविवाहित योल्मोको अमेरिकामा कुनै पनि आफन्तहरु नभएकाले नेपालबाट बुबाआमा र भाईलाई बोलाउन खोजिएको थियो । तर प्रकृया नपुगेको भन्दै काठमाडौंमा रहेको अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेपछि परिवारका सदस्यहरु पनि अमेरिका आउन पाएनन् । जसले गर्दा अन्तिम क्षणमा परिवारका सदस्यलाई भेट्ने उनको धोको पनि अधुरो भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार