काठमाडौं । एक नर्सको शव झुण्डिएको अवस्थामा फेला परेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतको उत्तर प्रदेशमा एक अस्पतालको गारोमा झुण्डिएको अवस्थामा नर्सको मृत शरीर भेटिएको हो ।
उत्तर प्रदेशको उन्नाओमा शनिबार बिहान मृत नर्स झुण्डिएको अवस्थामा फेला परेको हो ।
‘न्यू जीवन अस्पताल’मा काम गर्न गएको पहिलो दिन नै ती नर्स मृत भेटिएकी हुन् । उहाँ शुक्रबार अस्पतालमा पहिलो ड्युटी गर्न गएकी थिइन् । मृत नर्सको परिवारले भने उनलाई बलात्कार गरेर झुण्ड्याइएको आरोप लगाएको छ । योसँगै परिवारले तीन जनाविरुद्ध किटान गरी ‘एफआईआर’ दर्ता गराएको प्रहरीले जनाएको छ ।
परिवारको जाहेरीसँगै घटनाकाबारे अनुसन्धानमा तुरुन्त लागेको प्रहरीले जनाएको छ ।