• आइतबार, ८ कात्तिक २०८३
  • images

    नर्स निशा सुब्बाः कृष्ण मन्दिरबाट स्कुटी युर्टन गर्दै गर्दा ....

    नर्स निशा सुब्बाः कृष्ण मन्दिरबाट स्कुटी युर्टन गर्दै गर्दा ....

    हेल्दीखबर
    मंगलबार, पुस १३ २०७८
    हेल्दीखबर
    मंगलबार, पुस १३ २०७८
    नर्स निशा सुब्बाः कृष्ण मन्दिरबाट स्कुटी युर्टन गर्दै गर्दा ....

    काठमाडौ । गत शनिबार सडक दुर्घटनामा निधन भएकी  स्टाफ नर्स निशा सुब्बा थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । 
    पुस तीन गते शनिबार अस्पतालको  पोष्टअप वार्डमा कार्यरत सुब्बा बेलुकीको ड्युटी सकेर घर फर्किदै हुनुहुन्थ्यो । 
     अस्पतालमा ड्युटी सकेर सधै आफै स्कुटर चलाएर घर–अस्पताल आवतजावत  गर्नुहुन्थ्यो । 
    तीन पुस शनिबार ड्युटी सकेर घर जान लाग्दा जब पाटनस्थित कृष्ण मन्दिरमा पुग्नुभएको थियो । हो त्यहि कृष्ण मन्दिर छेवैमा नर्स निशा सुब्बा चढेको स्कुटर दुर्घटना हुन पुग्यो । 1640563840497.jpg
    दुर्घटना नर्स सुब्बाले गराउनुभएको भने होइन । जब निशाले पाटन कृष्ण मन्दिरबाट इमाडोलतर्फ स्कुटी मोडेर युटर्न गर्न लाग्नुभएको थियो । त्यहि बेला भर्खर सिकारु बाइक चालक स्पिडमा आएर निशा सवार स्कुटीलाई हान्न पुग्यो । त्यहिबेला बेहोस भइसक्नुभएकी नर्स निशा सुब्बालाई तत्काल विएण्डबी हस्पिटलको भेन्टिलेटरमा राखेर उपचार त थालियो तर निशाको स्वास्थ्यमा कुनै सधार आएन । बरु दुर्घटनामा राखिएको एक हप्तापछि शनिबार नै उहाँले यो संसार छाडेर जानुभयो । 
    निशाकी फुपु दिदी विमान लिम्बुले  पाटनको कृष्ण मन्दिरमा युटर्न गर्न लाग्दै गर्दा स्पिडमा आएको बाइकले ठोक्काएर मृत्युवरण गर्न पुगेको बताउनुभयो । त्यहिबेला अवस्था गम्भिर भइसकेको थियो,लिम्बुले भन्नुभयो,“केही सुधार हुन्छ कि भनेर विएण्डबी अस्पताल पु¥याएर भेन्टिलेटरमा राखियो तर एकसाता सम्म पनि सुधार हुन सकेन ।” अन्ततः नर्स निशाले दुर्घटना भएकै दिन मृत्यु रोजिन् । मृत्यु पश्चात निशालाई पाटन अस्पतालमा पोष्टमार्टम गरेर पशुपति आर्यघाटमा अन्यष्टि गरियो । 
    स्थायी घर झापा भद्रपुर रहेकी  सुब्बा विगत ८ वर्षदेखि थापाथलीस्थित परोपकार,प्रसुती तथा स्त्रीरोग अस्पतालमा कार्यरत हुनुहुन्थ्यो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार