• सोमबार, १५ भदौ २०८३
  • images

    डाक्टर अध्ययनरत कृष्ण शाहीको रक्त क्यान्सरबाट निधन 

    डाक्टर अध्ययनरत कृष्ण शाहीको रक्त क्यान्सरबाट निधन 

    शुक्रबार, माघ २६ २०८०
    शुक्रबार, माघ २६ २०८०
    डाक्टर अध्ययनरत कृष्ण शाहीको रक्त क्यान्सरबाट निधन 

    काठमाडौं, २६ माघ । नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत कृष्ण शाहीको निधन भएको छ ।

    जाजरकोट कुसे गाउँपालिका–४ का कृष्ण शाहीको रक्त क्यान्सरबाट बिहीबार निधन भएको हो। 

    पारिवारिक स्रोतका अनुसार शाहीको ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो ।

    शाहीपूर्ण छात्रवृत्तिमा नाम निकालेर एमबीबीएस पढिरहेका थिए। करिब ६ महिना पहिला स्वास्थ्यमा समस्या देखिएपछि जाँच गर्ने क्रममा रक्त क्यान्सर(एक्चुअल लिम्फोब्लास्टिक ल्यूकेमिया) पुष्ठि भएको हो ।
     उनले भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट तथा रिसर्च सेन्टरमा उपचार गराइरहेका थिए। उनलाई बचाउनका लागि बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएको थियो। 

    आर्मी कलेजका विद्यार्थी र विभिन्न व्यक्तिहरुको सहयोगमा उनको उपचार भइरहेको थियो। खर्च अभावले  बोनम्यारो प्रत्यारोपण गर्न नपाएको भन्दै कृष्ण र उनको परिवार हार–गुहार गर्दै हिँडिरहेको थियो। 

    प्रत्यारोपणका लागि करिब ५० लाख भारु  लाग्ने अनुमान  राजीव गान्धी क्यान्सर इन्स्टिच्युट निकालेको थियो।

     

    रकम अभाव भएपछि उपचार हुन सकेको थिएन। बोनम्यारो प्रत्यारोपणका लागि भन्दै  डेढ महिनाअघि कृष्ण दाजुसँग दिल्ली गएका थिए ।कसैगरी पनि खर्च नजुटेपछि केही दिनअघि फर्किएका थिए। 

    चीनमा सस्तो हुने भन्ने जानकारी पाएपछि केही दिनपछि चीन जाने योजना समेत थियो। पारिवारिक स्रोतको भनाइ अनुसार चीन जान टिकट समेत काटिसकिएको थियो। यसैबेला रोगले च्यापेपछि कृष्णको मृत्यु भएको हो। 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार