• सोमबार, १५ भदौ २०८३
  • images

    गायक राजु ढुंगेलको पहलमा रक्त क्यान्सर पीडितलाई आर्थिक सहयोग 

    गायक राजु ढुंगेलको पहलमा रक्त क्यान्सर पीडितलाई आर्थिक सहयोग 

    बुधबार, भदौ २ २०७८
    बुधबार, भदौ २ २०७८
    गायक  राजु ढुंगेलको पहलमा रक्त क्यान्सर पीडितलाई आर्थिक सहयोग 


    काठमाडौं । रक्त क्यान्सरबाट पीडित ओखलढुंगा लिखु गाउपालिका गाम्नाङटारका ३४ वर्षीय चेत बहादुर श्रेष्ठको उपचारका लागि गायक राजु ढुंगेलको पहलमा आर्थिक सहयोग प्राप्त भएको छ ।
     हाल अमेरिकामा रहनुभएका ढुं्गेलको पहलमा श्रेष्ठलाई एक लाख १२ हजार ३७१ रुपैंया सहयोग क्यान्सर पीडित श्रेष्ठको परिवारलाई प्राप्त भएको छ । लामो समय देखि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भई उपचाररत श्रेष्ठको आर्थिक अवस्था कमजोर भएका कारण उहाँको परिवारले जीवन रक्षाको लागि आर्थिक सहयोग अपिल गर्नुभएको छ । received_551929405947641.jpeg
     लोक गायक राजु ढुंगेलबाट अमेरिकामा उठेको प्राप्त सहयोग मध्ये उहाँकै आग्रहमा ५० हजार रुपैंया केहि समय अगाडी मस्तिष्कघात भई ज्यान गुमाएका ओखलढुङ्गा खिजिदेम्बा रंगनीका युबा रबिन रोकाको परिवारलाई सहयोग स्वरूप प्रदान गरिएको छ । 
     रक्त क्यान्सर पीडित श्रेष्ठको उपचारको लागि ओखलढुंगाको गाम्नाङटार सहित अन्य स्थानका सामाजिक संघ–सस्था तथा व्यक्तिहरुले आर्थिक सहयोग उपलब्ध गराईरहेका छन् ।  गायक ढुंगेलको पहलमा पठाएको रकम  खिजिदेम्बा गाउँपालिका अधक्ष्य बेदबहादुर रोकाले बिरामीलाई हस्तान्तरण गर्नुभएको छ । उहाँले सहयोगी महानुभाब साथै गायक राजु ढुङ्गेललाई धन्यबाद समेत प्रकट गर्नुभयो । 
    ( राजु ढुंगेलको सहयोगमा अमेरिकाबाट प्राप्त सहयोग)

    १) राजु ढुंगेल  ११० डलर
    २ प्रेमराजा महत (बाणिज्य दुत)  ७५ डलर
    ३)सृजना बिरहि थापा– १०१ डलर
    ४)राजन ठकुरि – १०१ डलर
    ५) बिमल डागि– ५० डलर
    ६) प्रबिण भन्डारि –१००  डलर
    ७) बिनोद खड्का – १०० डलर
    ८) यल्सन भट्ट – ५० डलर
    ९) रमेस श्रेष्ठ – ५१ डलर
    १०) श्री गुरुङ –५०  डलर
    ११) चुडामणि घिमिरे –१००  डलर
    १२) चुडामणि शर्मा – ५० डलर
    १३) सुबास पोख्रेल –५०  डलर
    १४) लाक्पा डेन्डि शेर्पा ५१ डलर
    १५) सुरज राउत (अस्ट्रेलिया) ५१ डलर
    १६) बसन्ता रुपाचा  ५१ डलर
    १७) रबिन्द्र खड्का– ५१  डलर
    १८) राम प्रसाद घिमिरे ५१ डलर
    १९) अरुण सिह ठकुरि ५१ डलर
    २०) अनिल बज्राचार्य ३० डलर
    २१) मान बहादुर भुजेल – २१ डलर
    २२) शोभा कान्त पान्डे– २१ डलर
    २३) अड्रीन ढेवाजु– २१ डलर
    २४) बिमल पोख्रेल –२१  डलर

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार