काठमाडौ । कलाकार राजु ढुङ्गेलको पहलमा उठेको दुईलाख आठहजार रकममध्ये एकलाख चारहजार रुपिँया रक्त क्यान्सरबाट पीडित एक बालिकालाई सहयोग प्रदान गरिएको छ ।
बाँकी रहेको एकलाख चार हजार रकम पनि रक्त क्यान्सरको उपचार गराइरहनुभएका हुतराज गौतमलाई प्रदान गरिने छ ।
नुवाकोट समद्रटार दुप्चेश्वर निवासी निर्मल थापा तथा लक्ष्मी थापाकी ७ वर्षिया छोरी निलम थापालाई उक्त रकम सहयोग गरिएको हो ।

हाल अमेरिकामा बस्दै आउनुभएका लोकगायक ढुङ्गेलले ७ वर्षिया बालिका निलम रक्त क्यान्सर लागेको र आर्थिक अभावमा उपचार गर्नका लागि कठिन भएको समाचार सञ्चारमाध्याममा आएपछि गायक ढुङ्गेलले उपचारको लागि सहयोग रकम उठाउन पहल गर्नुभएको थियो । हाल रक्त क्यान्सर बालिकाको उपचार चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भइरहेको छ। कलाकार ढुङ्गेलले उठाउनुभएको रकम भरतपुर तालिम केन्द्रमा कार्यरत प्रहरी निरीक्षक नवराज ढुङ्गेलले बालिकाकी हजुरबुवा नुरबहादुर थापालाई हस्तान्तरण गर्नुभयो ।
यसैगरी ओखलढुंगा लिखु गाउँपालिका पोकली ९ निवासी हुतराज गौतमको रक्तक्यान्सरका कारण बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । गायक राजु ढुंगेलले बाँकी रहेको रकम पनि गौतमलाई प्रदान गरिने बताउनुभयो । गायक ढुंगेलले यसअघि पनि क्यान्सर पीडित व्यक्तिहरुलाई सहयोग गर्दै आउनुभएको थियो ।
गायक ढुंगेलको पहलमा उठेको रकम
१) बरिस्ट लोक दोहोरि सर्जक श्रीजना बिरहि थापा -100$
२) बरिस्ट मोडल तथा गायिका शान्ति भन्डारि -101$
३) बरिस्ट लोक दोहोरि सर्जक भगवान भन्डारि -25$
४) बरिस्ट लोक दोहोरि सर्जक लक्षमण पौडेल -51$
५) बरिस्ट लोक दोहोरि सर्जक राजन ठकुरि -51$
६) लोक सर्जक सुन्दर हमाल -100$
७) समाज सेवि शबि थापा (इशा फाउन्डेसन) 100$
८) ब्याबसायि राम भन्डारि -100$
९) बिजय सुनार 20$
१०) ब्याबसायि निर्मल पोख्रेल -35$
११) बिनोद खडका (रगनि ) -60$
१२) समिप आचार्य -25$
१३) गणेस कुबर -81$
१४) जित लामा -20$
१५) ब्याबसायि प्रबिण भन्डारि -51$
१६) चुडामणि घिमिरे -105$
१७) अनिल बज्राचार्य -20$
१८)चुडामणि शर्मा -50$
१९) तेज क्षेत्री - 30$
२०) दिल कुमारि श्रेस्ठ (क्लोराडो) -51 $
२१) देब चन्द्र अधिकारि अस्ट्रेलियन ड्लर -100$
२२) भिम बहादुर मल्ल 190$
२३) सन्तोश ढुङेल 100$
२४) श्रीजाना ढुङेल -50$
२५) तृसना ढुङेल -50$
२६) राजु ढुंगेल 100$
२७) बरिस्ट बाद्यबाधक खिम बहादुर मश्राङि - 50$
२८ )अमृत बिसि -55$
29) बरिस्ट ब्यबसायि तथा समाज सेवि गणेश लामिछाने (प्राइम होल्सेल) -101$
जम्मा उठेको रकम अमेरिकन डलर 1440$ अस्ट्रेलियन डलर 495$