• सोमबार, १५ भदौ २०८३
  • images

     डा. प्रेरणा श्रेष्ठलाई २९ करोड २५ लाखको अनुसन्धानवृत्ति

     डा. प्रेरणा श्रेष्ठलाई २९ करोड २५ लाखको अनुसन्धानवृत्ति

    मंगलबार, माघ १६ २०८०
    मंगलबार, माघ १६ २०८०
     डा. प्रेरणा श्रेष्ठलाई २९ करोड २५ लाखको अनुसन्धानवृत्ति

     

    काठमाडौं, १६ माघ।  डा. प्रेरणा श्रेष्ठले २.२ मिलियन अमेरिकी डलर ग्राण्ट प्राप्त गरेकी छन् ।
    उनी अमेरिकाको स्टोनी ब्रुक विश्वविद्यालयको रेनइसेन्स स्कुल अफ मेडिसिनअन्तर्गत न्यूरोबायोलोजी तथा बिहेबियर विभागकी सहायक प्राध्यापक हुन् । 

     

    उनले पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअडर (पीटीएसडी)को अनुसन्धानका लागि अमेरिकाको नेशनल इन्सटिच्युट अफ मेन्टल हेल्थबाट नेपाली रुपैयाँ २९ करोड २५ लाखभन्दा बढी फण्ड प्राप्त गरेकी हुन् ।

    डा.श्रेष्ठले पीटीएसडी भएका व्यक्तिहरुले किन बारम्बार पीडादायी स्मृतिहरुको अनुभव गर्छन् भन्नेबारेको अनुसन्धानका लागि उक्त ग्राण्ट प्राप्त गरेकी हुन् । चार वर्षे उनको अध्ययनलाई आगामी सन् २०२७ अक्टोबर ३१ सम्म इन्सटिच्युटले फण्ड गर्नेछ ।

    विशेष प्रकारको तनाव, व्यक्तिगत हिंसा, प्राकृतिक प्रकोप, दुर्घटना, युद्ध तथा अन्य किसिमका ठूलो अप्रिय घटना अनुभव गरेका मानिसमा पीटीएसडी हुनसक्छ । अमेरिकाको नेशनल इन्सटिच्युट अफ मेन्टल हेल्थका अनुसार अमेरिकामा करिब आधाजसो वयस्कले जीवनको कुनै पनि कालखण्डमा कम्तिमा एकपल्ट ट्रम्याटिक घटनाको अनुभव गर्छन् तर सबैमा पीटीएसडी भने हुँदैन । तर गतवर्ष त्यस्ता पीडादायी घटना भोगेकामध्ये ३।६ प्रतिशत अमेरिकनलाई पीटीएसडी भएको थियो भने जीवनभरमा पीटीएसडी हुने जोखिम भने ६.८ प्रतिशतसम्म हुने इन्सटिच्युटले जनाएको छ । यसको अर्थ प्रत्येक वर्ष हजारौं पीटीएसडीबाट पीडित हुने गरेका छन् ।

    श्रेष्ठको अनुसन्धानले मस्तिष्कको यस्तो संयन्त्रबारे खोज गर्छ जसले भावनात्मक यादहरु दुई फ्याक्टरमा आधारित हुन्छन् । एउटा हो मानिसले पीडा अनुभव गर्दा सिकिएको डररजोखिमको तीव्रता अर्थात कति पीडादायी घटना थियो भन्ने कुरा र अर्को व्यक्तिको ति घटनाको प्रतिक्रियामा आफ्नो नियन्त्रण ।

    पीटीएसडीले मस्तिष्कमा फिजियोलोजिकल परिवर्तन ल्याउँछ जसले अवचेतन किसिमको मूल्यांकन तथा प्रतिक्रिया सिर्जना गर्छ परिणामस्वरुप खत्रा तथा मालएडप्टिभ कोपिङ रणनीति छुट्याउन सकिँदैन ।

    म्युरिन मोडल अर्थात मुसामा अनुसन्धान गरेर डा। श्रेष्ठको अनुसन्धानले विशेषगरी पीटीएसडी भएकाको स्थायी स्मृति बनाउने विषयमा मोलिक्युलर ड्राइभर्स बुझिनेछ । यो अनुसन्धानको निष्कर्षले पीटीएसडीलाई नयाँ ढंगले चिनाउने तथा यसको उपचारमा पनि कोशेढुंगा सावित हुने स्टोनी ब्रुक विश्वविद्यालयले जनाएको छ ।

    २०२१ देखि स्टोनी ब्रुक विश्वविद्यालयमा अध्यापनरत श्रेष्ठ विगत दुई दशकदेखि मस्तिष्क विज्ञानका क्षेत्रमा अनुसन्धानरत छिन् । यसअघि उनी न्यू योर्क विश्वविद्यालय तथा द रकेफेलर विश्विद्यालयमा पोस्टडक्टरेल अनुसन्धानकर्ता थिइन् भने उनले त्यहीँबाट लाइफ साइसेन्समा पीएचडी हासिल गरिन् ।

    उनका विगतका अनुसन्धानले तनावका कारण हुने डिप्रेशन तथा भावनात्मक स्मृतिहरु मस्तिष्कमा कसरी जम्मा हुन्छन् भन्ने विषयमा महत्वपूर्ण योगदान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार