काठमाडौं, २६ असार । जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख मात्रा खोप सोमबार काठमाडौं आउने भएको छ ।
अमेरिकाले नेपाललाई दिन लागेको १५ लाख नेपालीलाई पुग्ने उक्त खोप कोभ्याक्स सुविधा अन्र्तगत आउन लागेको हो । नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले आफ्नो फेसबुक पेजमार्फत जोन्सन एण्ड जोन्सनको १५ लाखभन्दा बढी खोप उपलब्ध गराउने आधिकारिक घोषणा गर्नुभएको थियो ।
सोमबार जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिनुभयो ।
अमेरीकामा जोन्सन एण्ड जोन्सन कम्पनीले विकास गरेको जोन्सन एण्ड जोन्सन खोपको एक मात्रा लगाए पुग्ने छ । परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले जोन्सन एण्ड जोन्सन खोप वैज्ञानिक हिसाबले सिंगल डोज लगाए पुग्ने खोप हो । ‘यो खोप स्वास्थ्य मन्त्रालयको खोप भण्डारसँग मिल्दोजुल्दो छ, दुईदेखि आठ डिग्री सेन्ट्रिग्रेटमा राख्न मिल्छ,’ उहाँले भन्नुभयो, ‘पहिलो डोज लगाएपछि हुने दोस्रो डोज लगाउन नपर्ने । कार्यक्रम सञ्चालनको हिसाबले र खर्चको हिसाबले एकदमै किफायती खोप हो ।’