• सोमबार, १५ भदौ २०८३
  • images

    कोभ्याक्स सुविधामार्फत खोप आउनेक्रम जारी 

    कोभ्याक्स सुविधामार्फत खोप आउनेक्रम जारी 

    हेल्दीखबर
    शनिबार, साउन २ २०७८
    हेल्दीखबर
    शनिबार, साउन २ २०७८
    कोभ्याक्स सुविधामार्फत खोप आउनेक्रम जारी 

     


    काठमाडौं,२ साउन । नेपालमा कोभ्याक्स सुविधाबाट खोप आउनेक्रम जारी छ । यसअिघ चीन,भारत,अमेरिकाले खोप दिइसकेका छन् । यस्तै जापानले पनि नेपाललाई कोभ्याक्स सुविधा अन्र्तगत खोप दिने तयारी गरेको छ । नेपालको ६० लाख जनसंख्यालाई पुग्ने खोप कोभ्याक्स सुविधा अन्र्तगत आउनेछ । हाल  विभिन्न देशले कोभ्याक्समार्फत नेपाललाई खोप उपलब्ध गराइरहेका छन् । हालसम्म भारत, चीन, अमेरिका, लगायतका देशले नेपाललाई खोप उपलब्ध गराइसकेका छन् । यस्तै जापानले पनि खोप उपलब्ध गराउने छ । 
    नेपालले असार २८ गते अमेरिकाबाट १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग प्राप्त गरिसकेको छ ।  यसअघि कोभ्याक्स सुविधामार्फत भारतबाट कोभिशिल्ड खोप तीन लाख ४८ हजार मात्रा खोप प्राप्त भएको थियो । यस्तै जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड–१९ विरुद्धको एस्ट्राजेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरिसकेको छ ।  नेपालमा हालसम्म ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ । खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले कोभ्याक्समार्फत थप खोप आउन थालेको जानकारी दिनुभयो । कोभ्याक्समार्फत तीन लाख ५० हजार खोप आउन थालेको हो । मन्त्रालयले चीन र अमेरिकाले उपलब्ध गराएको खोप प्राथमिकताका आधारमा लगाएको छ ।

    चीन र अमेरिकाबाट प्राप्त भएको खोप असार २९ देखि साउन १ गतेसम्म लगाइएको थियो । भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूह तथा जोन्सन एण्ड जोन्सन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका सबै नागरिकलाई लगाइएको छ । नेपालमा अहिलेसम्म पहिलो मात्रा २७ लाख ६५ हजार ७०९ र दोस्रो मात्रा ११ लाख २० हजार २८२ व्यक्तिले लगाइसकेका छन् । सरकारले १८ वर्षभन्दा माथिका कूल दुई करोड २० लाख जनसंख्यालाई निःशुल्क खोप लगाउने लक्ष्य लिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार