पर्सा विरगञ्जका तिन वर्षीय बालक नवौं दिनमा सकुशल डिस्चार्ज भएका हुन् ।
भक्तपुर, ७ माघ । भक्तपुर दुधपाटिस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण गरेका तीन वर्षीय बालक डिस्चार्ज भएका छन् ।
पर्सा विरगञ्जका तिन वर्षीय बालक नवौं दिनमा सकुशल डिस्चार्ज भएका हुन् ।
बालकलाई उनकी ३० वर्षीय आमाले कलेजो दान गरेकी हुन् ।
वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक एवं शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले कलेजो प्रत्यारोपित बालकको अवस्था सामान्य रहेको जानकारी दिए ।
डिस्चार्ज पछि प्रत्यारोपित बालकको स्वास्थ्य अवस्था सामान्य रहेको छ, श्रेष्ठले भने," कलेजो दाता बालकको आमा तिन दिन अगावै सकुशल डिस्चार्ज भई घरगइ सकेकी छन् ।"
तीन बर्षीय बालकको कलेजो प्रत्यारोपण डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा शहिद धर्मभक्त प्रत्यारोपणमा केन्द्रमा भएको थियो ।
श्रेष्ठको नेतृत्वमा केन्द्रमा कार्यरत चिकित्सक, नर्सिङ तथा अन्य प्राविधिक र प्रशासनिक कर्मचारीले सार्वजनिक विदाका दिन उक्त प्रत्यारोपण गरेकाे थियो ।
उक्त प्रत्यारोपण केन्द्रमा पाटन अस्पतालका बालरोग विशेषज्ञ डा. पुजा अमात्य लगायतको नर्सिङ्ग टोली, कान्ति बाल अस्पतालमा बरिष्ठ बालरोग विशेषज्ञ डा सुमित अग्रवाल, बालरोग विशेषज्ञ डा वर्षा बर्मा तथा भारतीय चिकित्सकको पनि सहभागिता रहेको थियो ।
देशमा कलेजो प्रत्यारोपाणको शुरुवात गर्ने यस केन्द्रले सबैभन्दा धेरै मिर्गौला तथा कलेजो प्रत्यारोपण गरेको छ ।
केन्द्रले शुरुको केही वर्ष वार्षिक १ दुई जनाको मात्र कलेजो प्रत्यारोपण गर्दै आएकोमा यो वर्ष १० जनाको सफल कलेजो प्रत्यारोपण गरीसकेको छ । केन्द्र स्थापनाको ११ वर्ष अवधिमा एक हजार १८८ जनाको मिगौला र १८ जनाको कलेजो प्रत्यारोपण समेत भईसकेको छ ।
डा. श्रेष्ठले पहिलो पटक मष्तिष्क मृत्यु पश्चात हुने अङ्गदानबाट प्रत्यारोपण गरेको केन्द्रले मस्तिष्क मृत्यु पश्चात प्राप्त हुने अंगदान तथा प्रत्यारोपण कार्य सूचारु गर्न सबैमा आह्वान गर्नुभयो।
उहाँले केन्द्रस्थित समन्वय इकाईमा सम्पर्क राखी प्रतिक्षाको सूचीमा नाम लेखाउन समस्त अंगफेल भएको व्यक्तिहरुलाई आग्रह गर्नुभयो ।