काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल डिस्चार्ज हुनुभएको छ ।
अध्यक्ष नेपाल स्वास्थ्यलाभपछि घर फर्किनुभएको छ । स्वास्थ्य संवेदनशीलताका कारण केही दिन घरमै आराम गर्न पनि चिकित्सकले सल्लाह दिएका छन् ।
ज्वरो र खोकीको समस्या देखिएपछि अध्यक्ष नेपाल गत १३ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो ।
उपचारमा बरिष्ठ छातीरोग विशेषज्ञ डा शान्तकुमार दास नेतृत्वको टोली सम्लग्न थियो ।