काठमाडौं, ६ माघ । चिकित्सा शिक्षा स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरुका लागि चीन सरकारबाट प्राप्त छात्रवृत्तिमा ११ जना छनौट भएका छन् ।
शैक्षिकसत्र २०२४/२५ का लागि चीन सरकारले विभिन्न कार्यक्रमका लागि आवेदन मागेअनुसार चिकित्सा शिक्षा आयोगले २०८० साल पुस २४ गते सूचना प्रकाशित गरेको थियो ।
हेमाटो अंकलोजिष्टमा राकेशकुमार राउत, इन्टरभेन्सनल रेडियोलोजीमा नविन पन्थी र कृष्णराज अर्याल,गाइनोकोलोजीमा युक्ति भट्ट र सैलेश ढकाल,हेमाटोलोजिष्टमा विजय बस्नेत, हेल्थ इन्फरमेटिक्समा मुकेशकुमार साह, हेल्थ इकोनोमिक्समा सुरज श्रेष्ठ, मेडिकल वायोस्टाटिक्समा कृष्ण गरु, मेडिकल फिजिसिस्टस्मा सागर आचार्य र अजयकुमार चौधरी छनौट हुनु भएका हुन् ।
china_scholarship2024.pdf :To download file click here