• सोमबार, १५ भदौ २०८३
  • images

    प्रेमीले दाइजो मागेपछि भारतीय  डाक्टरद्वारा आत्महत्या

    प्रेमीले दाइजो मागेपछि भारतीय  डाक्टरद्वारा आत्महत्या

    हेल्दीखबर
    आइतबार, मंसिर २४ २०८०
    हेल्दीखबर
    आइतबार, मंसिर २४ २०८०
    प्रेमीले दाइजो मागेपछि भारतीय  डाक्टरद्वारा आत्महत्या

    भारत, २४ मंसिर । भारतकी एक २६ वर्षीया डाक्टरले आत्महत्या गरेकी छिन्। 

    उनका प्रेमीले विवाहका लागि करोडौं दाइजो मागेपछि उनले आत्महत्या गरेको बताइएको छ। मृतक दक्षिण भारतको तिरुवनंतपुरमकी रहेकी छिन्। 

    उनको मृत्युपछि प्रदेश स्वास्थ्य मन्त्री वीना जर्जले महिला तथा बाल विभागलाई छानविनका लागि निर्देशन दिएकी छिन्।  

    शहाना नामकी उनी तिरुवनंतपुरम मेडिकल कलेजको सर्जरी विभाग अन्तर्गत पीजी गरिरहेकी थिइन्।  उनी सोही कलेजमा रहेका एक चिकित्सकसँग प्रेम गर्थिन् । तरुण नामका ती चिकित्सकले विवाहका लागि सुन, जमिन र बीएमडब्ल्यु कार मागेका थिए। 

    केटीको परिवार उक्त दाइजो दिन असमर्थ थियो र विवाह अस्वीकार भएको थियो। त्यसपछि ती डाक्टरले आत्महत्या गरेकी थिइन्।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार