काठमाडौं,२४ असार । नायिका जेनी कुँवरले आत्महत्या गर्नुभएको छ । नायिका कुँवरले काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा आत्महत्या गर्नुभएको हो। प्रहरी वृत्त, बाँनेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार जेनीको शव उनी बस्दै आएको अपार्टमेन्टमा भेटिएको छ ।
प्रहरीले आत्महत्याको कारण डिप्रेशन हुनसक्ने जनाएको छ
कुँवरले ‘जिन्दगानी’ चलचित्रबाट डेब्यु गरेकी थिइन् । उनले ले मैदान, जीननदाता, कानून, अभिमन्यूलगायत थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । पछिल्लो समय आध्यात्म लागेको बताउने उनलाई पशुपति क्षेत्रमा भेट्न सकिन्थ्यो ।
प्रहरीका अनुसार उनको शव साेही अपार्टमेन्टभित्र भेटिएको हो । प्रारम्भिक अनुसन्धानमा देहत्याग गरेको खुलेको र घटनाबारे मुचुल्का तयार पार्ने काम भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले कुवँरको देहत्यागको कारण डि’प्रे’स’न भएको जनाएको छ ।
घटनापछि प्रहरीले कुवँरका श्रीमान मनबहादुरसँग सोधपुछ गरेको थियो । उनका श्रीमानले प्रहरीलाई दिएको बयान अनुसार एकवर्षदेखि जेनी डि’प्रे’स’न’मा थिइन् । ६ महीना बिपस्यानामा बसेकी जेनीको मा’नसिक अवस्था पनि कमजोर भएको थियो ।
पछिल्लो समय साधुको अवतारमा रहेकी उनी आफ्नो अधिकांश समय पशुपति मन्दिर परिसरमा बिताउँथिन् । पशुपति परिसरमै प्रहरीसँग ल’फ’डा गरेर उनी युट्यूवमा भाइरल भएकी थिइन् । कुँवरले ‘जिन्दगानी’ चलचित्रबाट डेब्यु गरेकी थिइन् ।