काठमाडौ, ६ मंसिर । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापा काठमाडौँ क्षेत्र नं ४ बाट विजयी हुनुभएको छ ।
थापाले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका राजन भट्टराईलाई ७ हजार ४४७ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।
उहाँले २१ हजार ३ सय २ मत पाएर विजयी हुँदा नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८ सय ५५ मत पाउन सफल हुनुभयो ।
त्यस्तै, राप्रपाका डा. ठाकुर मोहन श्रेष्ठले ४ हजार ५० मत पाउँदा स्वतन्त्र अर्जुन कुमार प्रसाईले २ हजार ३०८ मत पाप्त गनुभयो ।