• सोमबार, १५ भदौ २०८३
  • images

    डाक्टरले शिशु  बिक्री गरेको घटनामा अस्पतालका सञ्चालक खवास पक्राउ

    डाक्टरले शिशु  बिक्री गरेको घटनामा अस्पतालका सञ्चालक खवास पक्राउ

    हेल्दीखबर
    बिहीबार , असोज ४ २०८०
    हेल्दीखबर
    बिहीबार , असोज ४ २०८०
    डाक्टरले शिशु  बिक्री गरेको घटनामा अस्पतालका सञ्चालक खवास पक्राउ


    विराटनगर ४ असोज  । विराटनगरस्थित ग्रिनक्रस अस्पतालका सञ्चालक कृष्ण खवास पक्राउ परेका छन् ।

    अस्पतालमा आएकी गर्भवती महिलाको भर्ना नै नगरी प्रसुती गराएर शिशु बिक्री गरेको घटना घटाइएको पाइएपछि  ग्रिनक्रस अस्पतालका सञ्चालक कृष्ण खवास पक्राउ परेका हुन्  ।
     एक महिलाले जन्म दिएकी नवजात शिशु बिक्री भएको घटनामा व्यवस्थापकीय लापर्वाही देखिएपछि मोरङ प्रहरीले खवासलाई पक्राउ गरेको हो ।

    मोरङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रन्जनकुमार दाहालका अनुसार नवजात शिशु जन्म गराउनु पूर्व अस्पतालमा आमाको भर्ना नभएको, बुझाउनु पर्ने शुल्कको रसिद नभएको, कुनैपनि तथ्यांक रहने गरिको कार्य नगरेको पाइएपछि पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ । प्रहरीले सञ्चालकहरु नै शिशु बिक्री धन्दाका सहयोगी भएको निष्कर्षका आधारमा खवासलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरेको छ ।

    यो घटनामा संलग्न खवाससहित सातजनालाई प्रहरीले पक्राउ गरिसकेको छ । स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.तपेश्वरलाल कर्णले आफ्नो क्लिनिकमा योजना बनाएर ग्रिनक्रस अस्पतालमा लगेर महिलालाई प्रसुती गराई जन्मिएको नवजात शिशु बिक्री गरेका थिए । 
    भोजपुर हतुवागढी गाउँपालिकाकी अविवाहित महिलाले जन्माएको नवजात शिशुलाई गत असार १४ गते बिक्री गरेको खुलेको थियो । घटनामा संलग्नमा डाक्टर कर्णसहित प्रेमी भोजपुर हतुवागढीका गोबिन्द राई, मोरङ कटहरी गाउँपालिका–२ निवासी दिलमाया राजबंशी, सुधा राजबंशी, सुर्यनारायण राजबंशी, निर्मला यादव पक्राउ परिसकेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार