बच्चा उपचारको लागि केएमसि भर्ना
काठमाडौँ ,१२ फागुन । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीबाट बच्चा चोरीको आरोपमा संलग्न भएकी महिला पक्राउ परेकी छन् ।
नेपालले काभ्रेपलाञ्चोक चौरी देउराली गा.पा.३ घर भई हाल काठमाडौ , कपन बस्ने वर्ष २२ की सबिना श्रेष्ठले बोकी राखेको आफ्नो छोरीलाई एक अपरिचित महिलाले मागेर बोकेको र बच्चालाई लिई फरार भएकी थिइन् ।
प्रहरीले दैलेख नौमुले गा.पा. १ घर भई काठमाडौं, काँडाघारी बस्ने वर्ष २४ की मनकुमारी सिंह, निजको श्रीमान वर्ष २८ को नरेन्द्र मल्ल, निजको दिदि शारदा शाहीलाई कागेश्वरी मनोहरा नगरपालिका ९ काँडाघारी स्थित निजहरु बस्ने डेरा कोठाबाट नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको छ ।
चोरिएको बच्चालाई उद्धार गरी अभिभावकको साथमा उपचारको लागि काठमाडौ मेडिकल कलेज, सिनामंगल पठाई उपचार भईरहेको समेत प्रहरीले जनाएको छ ।