वीर अस्पतालमा ६ तल्लाबाट हाम्फालेर आत्महत्या
काठमाडौं,१८ भदौ । अस्पतालमा आत्महत्या गर्ने क्रम बढ्दाे छ।
स्वास्थ्यमन्त्रीले अस्पतालमा आत्महत्या गर्ने क्रमलाइ अन्त्य गर्ने बताइरहदा वीर अस्पतालको ६ तल्ला माथिबाट हाम्फालेर अज्ञात पुरुषले आत्महत्या गर्नुभएको छ।
उहाँको पहिचान खुलेको छैन ।
अस्पतालका निर्देशक सन्तोष पौडेलले शवलाई पोस्टमार्टमका लागि पठाइएको बताउनुभयो। अहिलेसम्म शव दाबी गर्न कोही पनि आफन्त नआएको उहाँले जानकारी दिनुभयो । मृतक वीर अस्पतालमा भर्ना भएको बिरामी वा कुरुवा नभएको पौडेलको भनाइ छ ।
अन्दाजी तीन बजेर १० मिनेटमा भएको हो । अस्पताल सुनसान भएको अवस्थामा ती पुरुष बाहिरबाट आएर सरासर भवनको छैटौँ तल्लामा उक्लिएका थिए । उनी माथिबाट फाल हानेपछि गार्डले थाहा पाए । टाउको फुटेको अवस्थामा इमर्जेन्सीमा लगे तर, त्यहाँ डाक्टरले तत्कालै मृत घोषित गरेका थिए ।
अस्पताल स्रोतका अनुसार हुलिया हेर्दा मृतक अति विपन्न व्यक्ति जस्तो देखिन्छन् । उहाँको उमेर अनुमानित ३५ वर्ष छ । उहाँले फाटेको लुगा लगाएका थिए । उनको साथमा मोबाइल परिचयपत्र केही पनि भेटिएको छैन ।
केवल पाँच रुपैयाँको नोट र एउटा सलाईको बट्टा भेटिएको थियो । उहाँ मानसिक अवस्था ठीक नभएको र आत्महत्याकै उद्देश्यले बाहिरबाट आएको अनुमान छ । अस्पतालमा उहाँको कोही पनि बिरामी रहेको पाइएको छैन ।