• सोमबार, १५ भदौ २०८३
  • images

    जनस्वास्थ्य निरीक्षक चन्देश्वर मण्डल सेवाबाट बर्खास्त

    जनस्वास्थ्य निरीक्षक चन्देश्वर मण्डल सेवाबाट बर्खास्त

    भविस्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने

    हेल्दीखबर
    शनिबार, भदौ ९ २०८०
    हेल्दीखबर
    शनिबार, भदौ ९ २०८०
    जनस्वास्थ्य निरीक्षक चन्देश्वर मण्डल सेवाबाट बर्खास्त

    काठमाडौँ, ९ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य निरीक्षक (छैटौँ तह) चन्देश्वर मण्डललाई सेवाबाट बर्खास्त गरेको छ ।

    भोटेकोशी गाउँपालिका, सिन्धुपाल्चोक अन्तर्गत फुल्पिङकट्टी स्वास्थ्य चौकीमा जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत मण्डललाई भविस्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको सूचना स्वास्थ्य  मन्त्रालयले आजको गोरखापत्रमा प्रकाशित गरेको छ ।

    मण्डलमाथि नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको थियो ।

    मन्त्रालयले आज जारी गरेको सूचनामा लोक सेवा आयोगको उजुरी तथा परामर्श विभागीय सजाय परामर्श शाखाको १६ साउनको प्राप्त परामर्श अनुसार नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ को उपदफा (२) को खण्ड (क) बमोजिम नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार ठहरिएको कसुरमा सोही ऐनको दफा ७२ को खण्ड (ख) को देहाय (२) बमोजिम भविस्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको उल्लेख छ ।
    हेरौं सूचना: 

    1693024524002.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार