• सोमबार, १५ भदौ २०८३
  • images

    प्रयोगशाला प्रमुख यादव बर्खास्त

    प्रयोगशाला प्रमुख यादव बर्खास्त

    हेल्दीखबर
    सोमबार, मंसिर २० २०७८
    हेल्दीखबर
    सोमबार, मंसिर २० २०७८
    प्रयोगशाला प्रमुख यादव बर्खास्त


    काठमाडौ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका प्रयोगशाला प्रमुख बरिष्ठ ल्याव टेक्नोलोजिष्ट विनोदकुमार यादवलाई बर्खास्त गरिएको छ । 
    पीसीआर परीक्षणको गलत  रिपोर्ट बनाएर विक्री गरेको प्रमाणित भएपछि यादवलाई जागिरबाट बर्खास्त गरिएको हो । 
    शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिले गठन गरेको विभागीय सजाय दिनका लागि गठन भएको उपसमितिले आईतबार देखि लागू हुने गरी यादवलाई बर्खास्त गरिएको हो । 
    गत वैशाखमा प्रयोगशाला प्रमुख यादवले पीसीआर परीक्षणको नक्कली रिपोर्ट बनाएर विक्री गरेको पाइएको थियो । 
    अस्पतालका निर्देशक डा चन्द्रमणि अधिकारीलाई बुझाएको आदेशमा भविष्यमा केन्द्रको सेवाका लागि अयोग्य नठहरिने यादवलाई बर्खास्त गरिएको हो । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार