• सोमबार, १५ भदौ २०८३
  • images

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपति सिफारिसका लागि सर्च कमिटी गठन

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपति सिफारिसका लागि सर्च कमिटी गठन

    हेल्दीखबर
    शुक्रबार, जेठ २६ २०८०
    हेल्दीखबर
    शुक्रबार, जेठ २६ २०८०
    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपति सिफारिसका लागि सर्च कमिटी गठन

    काठमाडौं, २६ जेठ ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको उपकुलपति सिफारिसका लागि सर्च कमिटी गठन गरिएको छ।

     न्याम्सका कुलपति पुष्पकमल दाहाल 'प्रचण्ड'ले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ दफा १८ को उपदफा (२) बमोजिम सहकुलपति तथा स्वास्थ्य  मन्त्री मोहन बस्नेतको अध्यक्षतामा तीन सदस्यीय सर्च कमिटी गठन गर्नुभएको हो।

    हाल न्याम्सको निमित्त उपकुलपति डा.भुपेन्द्र बस्नेत हुनुहुन्छ ।

    उक्त कमिटीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति सिफारिस गर्ने छ। कमिटीले उपकुलपतिका लागि लागि आवेदन आह्वानसमेत गरिसकेको छ। इच्छुक व्यक्त्लिे सात दिनभित्र मन्त्रालयमै वा इमेल ठेगाना heocmohp@gmail.com मा आवेदन दिन सक्नेछन्।

    निवेदनसँगै विस्तृत कार्ययोजना, अनुभव खुल्ने व्यक्तिगत विवरण, काउन्सिलको दर्ता तथा नविकरण प्रमाणपत्रको प्रमाणित प्रतिलिपी,शैक्षिक योग्यता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी र नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी पेश गर्नुपर्ने छ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार