काठमाडौँ, ६ चैत । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा निमित्त उपकुलपति नियुक्त गरे आन्दोलन गर्ने चेतावनी त्यहाँ कार्यरत कर्मचारीहरुले दिएका छन् ।
उनीहरुले निमिक्त नभई उपकुलपति नियुक्त गर्न माग गरेका छन् ।
निमित्त उपकुलपति नियुक्त गरेको अवस्थामा कर्मचारीहरुले आन्दोलनको तयारी गरेका छन् ।
सरकारले निमित्त उपकुलपतिमा डा.दीपक थापा मगरलाई नियुक्त गर्ने तयारी गरेको छ ।
न्याम्समा कार्यरत कर्मचारीहरुले भने डा.थापा मगर निमित्त उपकुलपति भएर आएको अवस्थामा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उनीहरुले कर्मचारीले आठ महिनाको भत्ता अझै नपाएको भन्दै अब आउने उपकुलपतिले कर्मचारीको तलब भत्ताको पनि व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।
यदि सरकारले डा.थापालाई निमित्त उपकुलपति दिएको अवस्थामा हामी कडा आन्दोलनमा जान्छौ,ती कर्मचारीले भने निमित्तको भरमा न्याम्समा पदाधिकारी नियुक्ति गरे आन्दोलनको विकल्प छैन ।
दिपक थापा मगर प्रध्यापक नभएको, एसोसियट प्रध्यापक भयको पनि एक बर्ष मात्रै भयको, न्याम्समा थापा भन्दा सिनिएर सयौँ प्राध्यापक भएकोले थापालाई नियुक्त गरे आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।