• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    रोग नियन्त्रण महाशाखाको निर्देशक डा. मरासिनीद्वारा  कार्यभार ग्रहण

    रोग नियन्त्रण महाशाखाको निर्देशक डा. मरासिनीद्वारा  कार्यभार ग्रहण

    हेल्दीखबर
    आइतबार, जेठ २१ २०८०
    हेल्दीखबर
    आइतबार, जेठ २१ २०८०
    रोग नियन्त्रण महाशाखाको निर्देशक डा. मरासिनीद्वारा  कार्यभार ग्रहण

    काठमाडौँ, २१ जेठ । डा. रुद्र मरासिनीले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को निर्देशकको कार्यभार सम्हाल्नुभएको छ।

     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै डा मरासिनीलाई इडिसिडीको निर्देशकको रुपमा नियुक्त काम काज गर्न खटाएको थियो ।

    images

    एघारौँ तहका अर्थोपेडिक सर्जन मरासिनीले आइतबार इडिसिडीमा पुगेर कार्यभार सम्हालेका हुन् ।

    यसअघि डा मरासिनी राष्ट्रिय ट्रमा सेन्टरको निर्देशक थिए । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले इडिसिडीका निर्देशक डा चुमनलाल दासलाई मन्त्रालयमा तानेपछि त्यहाँ रिक्त भएको पदमा डा मरासिनीलाई पठाउने निर्णय गरेका थिए ।

    मन्त्री बस्नेतले सोही दिन मन्त्रीस्तरीय निर्णय गर्दै ट्रमाको निर्देशकको जिम्मेवारी डा बद्री रिजाललाई दिएका थिए ।

    ‘आजबाट इडिसिडीको जिम्मेवारी सम्हालेको छु । यतिवेला गर्मी सुरु भएको छ लगत्तै बर्खा आउँदैछ । किटजन्य रोगहरु डेंगी मलेरिया जस्ता रोगहरु देखिन थालेका छन् । यस्ता रोग नियन्त्रण गर्नका लागि मेरो प्राथमिकतामा परेको छ । यसबाहेक अरु सर्ने तथा नसर्ने रोग सम्वन्धी काम पनि हुनेनै छन्,’ डा मरासिनीले भने ।

    विभागले आइतबार डा मरासिनीलाई स्वागत गर्दा डा दासलाई विदाई गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार