काठमाडौं । छिमेकी देश भारत र चीनका केही राज्यहरुमा कोभिड १९ संक्रमण पुन बढ्न थाले पछि सरकारले थप सतर्कता अनपाउन सिमा नाकालाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले एक विज्ञप्ती जारी गर्दै सिमानाकामा सतर्कता अपनाउनुका साथै भारत र चीनबाट नेपाल आउने व्यक्तिहरुलाई त्रिुभवन अन्तराष्ट्रिय विमानस्थल सहित स्थल नाकामा उच्च सतर्कता र एन्टीजेन परीक्षणको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।
महशाखाले पशुपति नगर, काकडभित्ता, रानी भन्सार, गौर, माडर, रसुवागढी, तातोपानी, जमुनाह, बेलहिया नाकालाई निर्देशन दिएको हो । यस्तै कृष्णनगर, त्रिनगर, गड्डाचौकी, झुलाघाट, पलाघाट नाकालाई पनि नेपाल भित्रने यात्रुको विशेष परीक्षण गराउन निर्देशन दिएको छ ।
‘आउने यात्रुहरुको स्क्रिनिङ तथा परीक्षण कार्यलाई उच्च प्राथमिकताका साथ परीक्षण गर्ने र कोभिड देखिएमा पूर्ण खोप नलगाएको पाइएमा र स्क्रिनिङको क्रममा कोभिड १९ को शंका देखिएमा परीक्षण गराउन अनुरोध छ’ भनिएको छ ।
परीक्षणका क्रममा पोजेटिभ आएमा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासंग समन्वय गरी जिनसिक्वेििसङको लागि नमूना पठाउन भनिएको छ ।
