• सोमबार, १५ भदौ २०८३
  • images

    आगोले जलेका चार जनाको मृत्यु

    आगोले जलेका चार जनाको मृत्यु

    हेल्दीखबर
    बुधबार, वैशाख २७ २०८०
    हेल्दीखबर
    बुधबार, वैशाख २७ २०८०
    आगोले जलेका चार जनाको मृत्यु

    अर्घाखाँची, २७ वैशाख । अर्घाखाँचीमा आगलागीमा परेर घाइते भएका ४ जनाको मृत्यु भएको छ ।

    अर्घाखाँची  भूमिका स्थान नगरपालिका २ तिरतिरे खोला किनारको जङ्गलमा मङ्गलवार लागेको आगो गाउँमा पसेर घरमा आगलागी हुँदा आगो निभाउने क्रममा सख्त घाइते भएका ५ जनामध्ये ४ जनाको उपचारको क्रममा बुधवार अस्पतालमा  मृत्यु भएको हो । 

    जिल्ला प्रहरी कार्यालय अर्घाखाँची प्रमुख मुकुन्द रिजालले दिनुभएको जानकारी अनुसार मृत्यु हुनेमा ५५ वर्षीय पदम बेल्वासे, ७२ वर्षीय पीताम्बर बेल्वासे, ३६ वर्षीय माधव बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासे हुनुहुन्छ । घाइते मध्ये  २६ वर्षीया अस्मिता बेल्वासेको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको छ । अस्मिताको पनि अवस्था खतरा अवस्थामा रहेको जनाइएको छ । 

    पाल्पामा पनि उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा गए राति १० बजेतिर पदम र पीताम्बरको मृत्यु भएको हो। प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले थप उपचारका लागि काठमाडौँको कीर्तिपुर जलन अस्पतालमा लगिएकामध्ये  माधव र घनश्यामको बुधवार  काठमाडौँमा निधन भएको प्रहरीको भनाइ छ ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार