• सोमबार, १५ भदौ २०८३
  • images

    ग्याँस चुहिएर आगलागीमा परेका घाइतेको  मृत्यु

    ग्याँस चुहिएर आगलागीमा परेका घाइतेको  मृत्यु

    हेल्दीखबर
    शनिबार, साउन २ २०७८
    हेल्दीखबर
    शनिबार, साउन २ २०७८
    ग्याँस चुहिएर आगलागीमा परेका घाइतेको  मृत्यु


    पाँचथर,२ साउन । आगलागीमा परी घाइते भएका यहाँका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका फिदिम नगरपालिका–४ जोरसालका ४९ वर्षीय दीनानाथ सापकोटाको गएराति मृत्यु भएको परिवारजनले जनाएका छन् ।

    बाबुको काजकिरियामा बसेका सापकोटा गत जेठ २४ गते राती आगलागी हुँदा घाइते भएका थिए । उपचारका क्रममा झापाको मेची प्रादेशिक अस्पतालमा सापकोटाको गएराति मृत्यु भएको हो । उनीसँगै घाइते भएकी उनकी आमा ७२ वर्षीया चनमाया सापकोटाको गत जेठ २६ गते मृत्यु भएको थियो । दीनानाथका बाबु भगीरथ सापकोटाको जेठ २४ गते मृत्यु भएको थियो ।

    भगीरथको मृत्युपछि काजकिरियाको सुरुआत गरेकै दिन राति आगलागी हुँदा किरियामा बसेका तीन जना घाइते भएका थिए । घाइतेमध्ये मृतक दीनानाथका भाई मदन भने निको भइसकेको बताइएको छ । आगलागीमा घाइते तीनै जनालाई उपचारका लागि मेची प्रादेशिक अस्पताल लगिएको थियो ।
    रासस

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार