• सोमबार, १५ भदौ २०८३
  • images

    भारतको हमिदिया अस्पतालमा आगलागी , चार नवजात शिशुको मृत्यु

    भारतको हमिदिया अस्पतालमा आगलागी , चार नवजात शिशुको मृत्यु

    हेल्दीखबर
    मंगलबार, कात्तिक २३ २०७८
    हेल्दीखबर
    मंगलबार, कात्तिक २३ २०७८
    भारतको हमिदिया अस्पतालमा आगलागी , चार नवजात शिशुको मृत्यु

    काठमाडौं– भारतको भोपालस्थित हमिदिया अस्पतालमा आगलागी हुँदा चार नवजात शिशुको मृत्यु भएको छ।

    कमला नेहरु भवनको तेस्रो तलामा रहेको  बाल विभागमा आगलागीमा हुँदा नवजात शिशुहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

    स्थानीय समयअनुसार राति ९ बजेदेखि लागेको आगो तीन घण्टापछि मात्र नियन्त्रणमा लिइएको थियो। वार्डमा ४० बच्चा राखिएकोमा ३६ जनालाई सुरक्षित निकालिएको अस्पताल प्रशासनले जनाएको छ। 

    आगलागीमा परी मृतक शिशुका परिवारलाई मध्यप्रदेश सरकारले ४–४ लाख रुपैयाँको आर्थिक सहायता दिने घोषणा गरेको छ। 

    हालसम्म पनि  आगलागीको कारण खुलेको छैन भने अस्पतालभित्र मृतकका अभिभावकलाई जान दिइएको छैन। 
     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार