• सोमबार, १५ भदौ २०८३
  • images

    स्वास्थ्य मन्त्रालयको मुलद्धारमा कृतिम फोक्सो जडान

    स्वास्थ्य मन्त्रालयको मुलद्धारमा कृतिम फोक्सो जडान

    हेल्दीखबर
    शुक्रबार, चैत २४ २०७९
    हेल्दीखबर
    शुक्रबार, चैत २४ २०७९
    स्वास्थ्य मन्त्रालयको मुलद्धारमा कृतिम फोक्सो जडान


    काठमाडौँ, २४ चैत । स्वास्थ्य मन्त्रालयको मुलद्धारमा आज कृतिम फोक्सो जडान भएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयले अमेरिकी सहयोग नियोग ९युएसएआईडी०को स्वच्छ हावा परियोजनासंगको सहकार्यमा एक जोडी कृतिम फोक्सो जडान गरेको हो ।

    वायु प्रदुषणको अवस्था तथा हावाको स्वच्छता जाँच गर्नका लागि यो फोक्सो जडान गरिएको मन्त्रालयले जनाएको छ ।

    धेरै देशहरुले वायु प्रदूषणको सामाना गरिरहेको सन्दर्भमा आईक्यू एयरले सन् २०२२ मार्च ४ मा देखाएको वायु गुणस्तर सम्वन्धी तथ्यांकले विश्वका १३१ देशहरु मध्ये धेरै वायु प्रदुणण हुने देशहरुमा नेपाल १६ औँ स्थानमा रहेको छ । सन् २०१९ मा वायु प्रदुषणका कारण नेपालमा ४२ हजार १०० जनाको मृत्यु भएको र त्यसमध्ये काठमाडौँमा मात्रै ५ हजार ८० जनाको मृत्यु भएको बताइएको छ । नेपालमा दीर्घकालिन फोक्सोको रोग सीओपीडी बढी हुने देश हो । सीओपीडी हुने कारणमध्ये ६६ प्रतिशत बायु प्रदुषण हो भनिन्छ ।

    वायु प्रदुषणको अवस्था हेर्न तथा यसले हामीलाई कस्तो असर गरिरहेको छ भन्ने देखाउनका लागि यो फोक्सो जडान गरिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताउनुभयो ।

    ‘यो कृतिम फोक्सोमा एक आन्तरिक संयन्त्र रहेको छ, जसले मानिसको फोक्सोको सास फेर्ने गतिलाई प्रतिविम्बित गर्दछ । ३० दिनको अवधीमा यो जोडी फोक्सोको रंग वायु प्रदुषणको प्रभावले परिवर्तन हुँदै जानेछ । डा. अधिकारीले यसबाट कसरी वायु प्रदूषणले हाम्रो फोक्सोलाई हानी गरिरहेको छ भनेरदेखाउन बुझाउन मद्धत हुने बताउनुभयो । उहाँले उक्त कृतिम फोक्सो संगै काठमाडौँको स्वस्थ हावाको मापदण्ड नियमित देखाइने समेत बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार