• सोमबार, १५ भदौ २०८३
  • images

    एकहजार ७७ जना जनस्वास्थ्य निरीक्षक नियुक्ति गरिने, तलब ५६ हजार ७६५

    एकहजार ७७ जना जनस्वास्थ्य निरीक्षक नियुक्ति गरिने, तलब ५६ हजार ७६५

    आइतबार, असार २० २०७८
    आइतबार, असार २० २०७८
    एकहजार ७७ जना जनस्वास्थ्य निरीक्षक नियुक्ति गरिने, तलब ५६ हजार ७६५

    काठमाडौं, २० असार  । सरकारले कारोना भाईरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि एक हजार ७७ जना जनस्वास्थ्य निरीक्षक नियुक्त गर्ने भएका छन् । असार १४ गते बाट कोभिड–१९ प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षक परिचालन सम्बन्धी संक्षिप्त कार्यविधि, २०७८ लागू गरी तत्काल निरीक्षक नियुक्ति गर्ने तयारी शुरु गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
    देशका ७५३ वटै स्थानीयतहमा जम्मा एक हजार ७७ जना निरीक्षक नियुक्ति हुनेछन् । यी मध्ये काठमाडौं महानगरपालिकामा सात जना, अन्य महानगरपालिकामा पाँच जनाका दरले र उपमहानगरपालिकामा तीन जना नगरपालिकामा दुई जना र गाउँपालिकामा एक जनाका दरले खटाउने व्यवस्था गरेको प्रवक्ता पौडेलले बताउनुभयो । जनस्वास्थ्य निरीक्षकहरुले स्वास्थ्य कार्यालयका प्रमुख तथा स्थानीयतहका स्वास्थ्य संयोजकको समन्वयमा काम गर्नुपर्नेछ ।
    जनस्वास्थ्य निरीक्षकहरुले गर्नुपर्ने जिम्मेवारीमा जनस्वास्थ्यका मापदण्ड पालना गराउन, उच्च जोखिम रहेका क्षेत्रमा जनचेतना फैलाउन कार्ययोजना बनाएर अनुगमन गर्न, स्वास्थ्य मापदण्डबारे जानकारी गराई परामर्श गर्न, मापदण्ड नमान्नेलाई कारवाहीका लागि सिफारिस गर्न, जोखिम क्षेत्रको प्रतिवेदन तयारी गर्ने लगायत रहेका छन् । स्वास्थ्य मन्त्रालय अन्तर्गत योग्यता पुगेका कर्मचारी भए खटाउने अथवा स्वास्थ्य सेवा विभागले करारमा नियुक्ति गरी खटाउन पाउने कार्यविधिले व्यवस्था गरेको छ ।
    अधिकृत सातौं तहको सेवा सुविधा र ५० प्रतिशत जोखिम भत्ता गरी मासिक ५६ हजार ७६५ रुपैयाँ तलब तोकेको छ । निरीक्षकहरुलाई स्वास्थ्य विमा अनिवार्य गरी कामको सिलसिलामा कोरोना संक्रमण भए सम्पूर्ण उपचार नेपाल सरकारले व्यवहार्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार