• सोमबार, १५ भदौ २०८३
  • images

    यी हुन् ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम लागू भएका १० अस्पताल

    यी हुन् ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम लागू भएका १० अस्पताल

    मेडिकल अफिसरको तलब ८० हजारभन्दा बढी, विशेषज्ञ चिकित्सकको दुईलाख दुई हजार

    हेल्दीखबर
    मंगलबार, असार ८ २०७८
    हेल्दीखबर
    मंगलबार, असार ८ २०७८
    यी हुन् ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम लागू भएका १० अस्पताल
    स्वास्थ्य मन्त्रालय

    काठमाडौं, । आजदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत अन्र्तगत १० अस्पतालमा ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम लागु भएको छ ।

    कार्यक्रम लागू भएका अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरुलाई तलबसहित भत्तामा वृद्धि गरिएको छ । एक चिकित्सक/स्वास्थ्यकर्मी,एक स्वास्थ्य संस्था कार्यक्रम लागू भएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले अन्य अस्पतालमा काम गर्न पाउनेछैनन् ।

    उनीहरुको तलबभत्ता लगायतका सुविधा पनि शतप्रतिशत हुनेछ ।

    यसरी एक चिकित्सक/स्वास्थ्यकर्मी,एक स्वास्थ्य संस्था कार्यक्रम लागू भएका अस्पतालहरुमा गजेन्द्रनारायण सिंह अस्पताल, भरतपुर अस्पताल,, राष्ट्रिय ट्रमा सेन्टर, प्रसुति गृह थापाथली, र डडेल्धुरा अस्पताल,पाँचथर अस्पताल, दैलेख अस्पताल, प्युठान अस्पताल, गोरखा अस्पताल र त्रिशुली अस्पताल रहेका छन् ।
    उक्त कार्यक्रम लागू भएसंगै स्थायी मेडिकल अफिसरले मासिक ८० हजार ७६० रुपैयाँ तलब भत्ता पाउनेछन् । यस्तै विशेषज्ञ हाँसिल गरेका चिकित्सकले मासिक दुई लाख दुई हजार ४०८ रुपैयाँ हुनेछ । हाल मेडिकल अफिसर (आठौं तह) को तलब स्केल ४० हजार दुईसय सय ८० रुपैयाँ छ भने नवौ तहको ४३ हजार ५८० रुपैयाँ तोकिएृको छ ।

    यस्तै दशौं तहको चिकित्सकको ४७ हजार ३८० रुपैयाँ, एघारौं तहको ५० हजार छ सय रुपैयाँ तोकिएको छ । कार्यक्रम लागू भएका अस्पतालमा नवौ, दशौ र एघारौं तहका स्थायी चिकित्सकले एकेडेमिक अलाउन्स वापत शत प्रतिशत भत्ता पाउनेछन भने स्थायी र अस्थायी दुवैले ५० प्रतिशत अस्पताल सेवा विस्तार भत्ता पाउने उल्लेख गरिएको छ ।
    तलब र भत्ता सहित नवौ तहले एकलाख ७४ हजार ३२० रुपैयाँ, दशौ तहले मासिक तलब भत्ता एकलाख ८९ हजार ५२० रुपैयाँ, एघारौं तहका चिकित्सकले दुई लाख २ हजार ४०८ रुपैयाँ मासिक तलब भत्ता पाउनेछन् ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार